सुनसान बन्याे चिनकाे स्वाशासित क्षेत्र तिब्बत संग जाेडिएकाे नेपालकाे बेदिङ्ग गाँउ

 पब्लिक संवाददाता      बुधबार, बैशाख २९, २०७८      0

उद्बब बिश्वकर्मा
Ok कान्तिपुर समचारदाता
दाेलखा २९ बैशाख ।-हिमाल आरोहीहरुको मुख्य थलो भनेर चिनिने दोलखा जिल्लाको उत्तरी हिमाली क्षेत्र गौरीशंकर गाउपालिका वडा न९ यतिखेर सुनसान बनेको छ ! बिस्वभर फैलिएको कोरोना भाइरस( कोभिड१९) को कारणले बाहिरी तथा आन्तरिक पर्यटककोआवजावतमा कमि भएसंगै यश स्थानको ब्यापार ब्यायबसायमा पनि प्रत्यक्ष प्रभाव तथा असर परेको एभरेस्ट समिटर क्लबको अध्यक्ष तथा रोल्वालिङ्का होटल ब्यायबसायी दावाछिरी शेर्पाले बताएका छन ।अध्यक्ष शेर्पाको अनुसार यस क्षेत्रको मुख्य पेसा भनेकै पर्यटन ब्यायबसाय सगै होटल ब्यायबसाय रहेको र हाल पर्यटकको आवागमन ठप्पहुदा ब्यायबसायमा प्रत्यक्ष प्रभाव परेको र टिकाइ राख्न समेत अप्ठ्यारो परेको र यस्तै परिस्थिति रहिरहे बैकल्पिक पेसा अपनाउन पनिबाध्य हुने अध्यक्ष शेर्पाले बताए ।

काठमाडौंबाट मोटर यात्रासङै दोलखा जिल्ला बिगु गाउपालिका वडा १ स्थित छेतछेत बाट पैदल यात्रा गरि सिमिगाउ हुँदै सुरमुच्छे क्याल्छे डोवाङ ठाङ्दिङ हुँदै बेदिङ पुग्न सकिन्छ बेदिङमा एकरातको बाँस पश्चात् स्वदेशी तथा बिदेशी पर्यटकको पहिलो रोजाइ तथा मुख्य गन्तव्य पर्यटकिय स्थल च्छो-रोल्पा हिमताल पुग्न सकिने र मौसम सफा रहेच्छो-रोल्पा हुँदै टासिलाप्चा नाम्चेबाजार सगरमाथा आधार शिबिर पुग्न सकिने हिमाल आरोही तेम्बाछिरी शेर्पाले बताए ।

यो मौसममा सगरमाथा तथा अन्य हिमाल आरोहण को निम्ति हजारौं को सङ्ख्यामा स्वदेशी तथा बिदेशीले अनुमति लिने र बिशेष गरि सिमिगाउ हुँदै बेदिङ्को बाटो बढी प्रयोग गर्ने हुदा पर्यटकको भिड पनि बढ्ने र ब्यापार ब्यायबसाय पनि फस्टाउनेमा अहिले कोरोना भाइरसको कारण कुनैपनी पर्यटकीय गतिबिधी नभएकोले जनजीवनमा ठूलो गिरावट आएको आरोही शेर्पाको गुनासो रहेको छ!

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *