
दोलखा २७ बैशाख । आप्mनो जन्मभुमिमा रहेका नागरिकहरु दोस्रो लहरको कोरोना भाइरसबाट आक्रान्त बनेकोले यसबाट बच्न जापानमा रहेका दोलखालीहरुको समाजले स्वास्थ्य सामग्री सहयोग गरेकोछ ।
कोरोना भाइरसाको संक्रमणबाट जोगाउने उदेश्यले अध्यन तथा वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका दोलखालीहरुको समाजले दोलखामा अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ दोलखाको रोबरमा वितरण गरेको हो ।
फन्टलाइनमा रहेर कोरोना भाइरसको जोखिममा पनि नागरिकको सेवामा अनवरतरुपमाकाम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई अत्यावश्यक स्वास्थ्य सामग्री दोलखा समाज जापानले सहयोग गरेको छ ।
युवा संजाल जिरीको व्यवस्थापनमा सामाजिक कार्यमा सक्रिय संस्था दोलखा समाज जापानको एक लाख ४५ हजारको स्वास्थ्य सामाग्री खरिद गरि युवा संजाल जिरीका कोषाध्यक्ष जगदीश खड्काले बितरण गरेकाछन ।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सञ्चारकर्मी तथा केही बिपन्न बालबालिकालाई मास्क,सेनिटाइजर,फेस सिल्ड,खाद्यान्न लगायतका सामग्री वितरण गरेको दोलखाको बिगुगाउँपालिका ४ स्थायी बासिन्दा एवम दोलखा समाज जापानका अध्यक्ष महेश खड्काले जानकारी दिए ।
युवा संजाल जिरीका कोषाध्यक्ष जगदीश खड्काले नेपाल पत्रकार महासंघ दोलखालाई ५सय थान मास्क,२५ पिस फेस सिल्ड पत्रकार महासंघ दोलखाका सचिव दिलबहादुर केसी हस्तान्तरण गरेका छन्।
त्यसैगरी प्रस्तावित चरिकोट अस्पताललाई १५ सय थान मास्क,५ लिटर सेनिटाइजर सहयोग गरेको छ।त्यस्तै जिल्ला प्रहरी कार्यालय दोलखालाई एक हजार थान मास्क र ५ लिटर सेनिटाइजर सहयोग गरेको छ ।
इलाका प्रहरी कार्यालय सिगंटिलाई एक हजार थान मास्क,५ लिटर सेनिटाइजर, दोलखा आर्मीलाई एक हजार थान मास्क र आवाज नेपाल दोलखालाई ५ सय थान, मास्क,साबुन तथा खाद्यान्न वितरण गरेको छ।त्यसैगरी गौरीशंकर बालगृहका बालबालिकालाई पनि स्वास्थ्य सामाग्री खाद्यान्न सहयोग गरेकोे युवा संजाल जिरीका अध्यक्ष केन्द्र ज्योति खड्काले जानकारी दिए ।
Leave a Reply