
काठमाडौँ– नेकपा एमालेका नेता वामदेव गौतमले एमाले विभाजन भए आफू नेता माधव नेपाल र झलनाथ खनालको पार्टीमा सामेल हुने स्पष्ट पारेका छन् ।
गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले अहिलेको परिस्थिति अनुसार स्पष्ट पारेको धारणा भन्दै सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका हुन् । उनले लेखेका छन्, ‘अध्यक्ष कमरेडसँगको कुराकानीबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो । तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ । त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेर फर्किएको बताएका छन्। माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि चलाएको प्रति आफ्नो समर्थन नरहेको समेत स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, ‘यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु
Leave a Reply