काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको डर नै राष्ट्रपतिसँग रहेको देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा विश्वासको मत नपाउने निश्चित भएपछि राष्ट्रपतिले ‘गलत कदममा साथ’ दिने हुन् कि भन्ने डर उनीहरुमा देखिएको छ ।
कस्तो गलत कदम ? भन्ने बाह्रखरीको प्रश्नमा एक सांसद् भन्छन्– संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले ठूलो दलको हैसियतमा फरि केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन सक्नेछिन् । अहिलेको डर भनेकै यही हो ।”संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था गरिएको छ ।
उपधारा (१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ भने उपधारा (२) मा कुनै दलको बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
Leave a Reply