दोलखा, २५ वैशाख ।दोलखामा कोरोना महामारी दिनप्रतिदिन बढ्दै गइरहेको बेला होम आइसोलेसनमा रहेका बिरामीलाइ उपचारका लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि ४ वटा एलुलेन्स तयारी अवस्थामा राखिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी बाबुदेव घिमिरे र प्रहरी नायव उपरिक्षक भेषराज रिजालले शुक्रबार राती बैत्यश्वर गाउँपालिका ८ का कोरोनाबाट संक्रमित बिरामीलाई काठमाण्डौ लैजान रातभर एम्बुलेन्स खोज्दा बिभिन्न बाहान बनाई पिडा दिएको कारण डिसिसिएमसीले आज जनपक्षिय निर्णय गरेको छ ।
अहेरात्र दोलखाली जनताको सेवामा खटिएका प्रजिअ घिमिरे र प्रनाउ रिजालको कदम प्रति नागरिकले आभार व्यक्त गरेकाछन।
डिसिसिएमसीको मातहत ४ वटा एम्बुलेन्सलाई कोमिड १९ डेडिकेटेड एम्बुलेन्सको रुपमा राखिने भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को मातहतमा रहनेगरी च्छोरोल्पा अस्पताल र दोलखा सामुदायिक अस्पताल तथा विगु गाउँपालिका र गजेन्द्र स्मृति फाउन्डेशनको एक÷एक वटा गरी ४ वटा एम्बुलेन्स स्ट्याण्डबाई राखिने भएको छ ।
जिल्ला कोमिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोमिड १९ का संक्रमित तथा अन्य विरामी समेतलाई बोक्न एम्बुलेन्स चालकले इन्कार गरेमा या ढिलासुस्ती गरेमा कानुन बमोजिम कारवाही गर्ने निर्णय पनि गरेको छ ।
Leave a Reply