निषेधाज्ञा आदेश जारी संगै दोलखामा पिसिआर ल्याब सञ्चालन

 पब्लिक संवाददाता      बुधबार, बैशाख २२, २०७८      0

दीपशंकर चौलागाई
दोलखा २२ बैशाख । दोलखाको चरिकोटस्थित चरिकोट अस्पतालमा पिसिआर ल्याब सञ्चालन गरिएको छ ।
ल्याब सञ्चालनका लागी जनशक्ती व्यवस्थापन र सम्पूर्ण तयारी पूरा भएपछि बुबधार जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे र भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले संयुक्त रुपमा उद्धघाटन गरेका छन् ।
आजै ल्याबबाट व्यक्तिको नमुना स्वाबको परीक्षण गर्न सुभारम्भ गरिने चरिकोट अस्पतालले जनाएको छ । ल्याबमा नमुना स्वाबको परीक्षणपछि व्यक्तिमा कोरोना भएनभएको रिपोर्ट ३ घण्टामा आउने चरिकोट अस्पतालका प्रमुख डाक्टर बिनोद दंगालले जानकारी दिए । जसले गर्दा अब पिसिआर परीक्षणको लागी नमुना स्वाब धुलिखेल तथा काठमाडौँ पठाउनुपर्ने बाध्यता हटेको दंगालले बताए ।
सँघिय सांसद एवम् सञ्चार तथा सुचना प्रविधी मन्त्री पार्वत गुरुङ र दोलखाबाट निर्वाचित बागमती प्रदेश सांसदहरु विशाल खड्का, पशुपति चौलाागाईँले सांसद विकास कोषबाट ५०÷५० लाख रुपैयाँ उपलब्ध गराएपछि टेन्डर प्रक्रियामार्फत् पिसिआर मेसिन जडान गरिएको भिमेश्वर नगरपालिका का प्रमुख प्रशासकिय अधिकृत मानबहादुर खड्काले बताए ।
दोलखाको चरिकोट अस्पतालमा स्थापना भएको पिसिआर ल्याब बाट काेराेना परिक्षण भएको खुशि ब्यक्त गर्दै भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले भने यसको स्थापनाका लागि पुर्वाधार विकास अमुल्य सहयोग गर्नुहुने मा.सुचना तथा संचार मन्त्री श्री पार्वत गुरूङ,मा.श्री पशुपति चौलागाई, मा.श्री विशाल खडका र दोलखाका पुर्व प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी प्रति आभार ब्यक्त गरे ।
दोलखाका सबै स्थानिय सरकार र सरोकार राख्ने सघाउने सबै पक्षसंग केसीले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेकाछन।
विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड १९ को महामारी नेपालमा समेत फैलिएकोमा दोलखा ८ जिल्ला भित्र पनि सङ्क्रमणको दर बढिरहेको हुदा उक्त सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि जिल्लामा क्रियाशिल राजनीतिक दल, दोलखा उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, पत्रकार महासंघ लगायत सङ्ग भएको छलफल र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र म्ऋऋःऋ को २२ गते बसेको बैठकको सिफारिस समेतको आधारमा २०७८ । १ ।२२ गते बुधवार राती १२ बजे देखि २०७८ । १।३१ शुक्रवार राती १२ बजे सम्म दोलखा जिल्लाभर लागु हुने गरी यो निषेधाज्ञा आदेश जारी गरिएको छ।
यो आदेशको पालना गर्नु गराउनु सवै व्यक्ति, संघसंस्था, पेशाकर्मी, व्यवसायी तथा अन्य आम नागरिकको कर्तव्य हुने छ । यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारबाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराईएको छ ।
हाललाई बजार दोकान, पसल, व्यापार, व्यवसाय बन्द गर्ने आदेश चरिकोट, सिंगटी, जिरी, मैनापोखरी, किर्नेटार, कुरी, तामाकोशी, मागापौवा बजार क्षेत्रमा केन्द्रित गरि गरिनेछ। सर्वसाधारणको हिड्डुल तथा आवातजावत सम्बन्धमा क) औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका
साथै तोकिएका अत्यावश्यक सेवा लिनु पर्दा वाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्किने, ख) अत्यावश्यक सेवा लिन वा दैनिक खाद्य सामाग्री खरिद गर्न जादा २ व्यक्तिको विचमा २ मिटरको भौतिक दुरी कायम गर्ने । अत्यावश्यक सेवाको कारण बाहिर निस्कन परेको समयमा अनिवार्य रुपमा मास्कको स्यानिटाईजरको प्रयोग वा साबुन पानीले हात धुने । सार्वजनिक स्थानमा ५ जना भन्दा बढी व्यक्ति भेला, जम्मा वा सङ्गै हिडडुल नगर्ने ।
सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, सपिङ्गमल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लव, फुटसल, जिमखाना, पुस्तकालय, खेलमैदानमा हुने खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न नपाईने । विवाह, व्रतबन्धको हकमा वढीमा १५ जना सम्म स्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गर्ने गरी स्थानीय तहको सिफारिस समेतको आधारमा जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र गर्ने ।नित्यपूजा बाहेकका सम्पुर्ण धार्मिक, सांस्कृतिक गतिबिधिहरु संचालन गर्न नपाईने,
सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा
कुनै पनि सार्वजनिक एवं निजी सवारीका साधन सञ्चालनमा मिति २०७८ १।२२ गते राती१२ देखि ऐ १।३१ गते राती १२ बजे सम्म दोलखा जिल्लाभर सञ्चालनमा रोक लगाउने, ख) अत्यावश्यक सामग्री, बोकेका दुवानीका साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधनलाईदोलखा जिल्ला भित्र सञ्चालनमा रोक लगाउने।अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यन्न, तरकारी, फलफुल, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ्ग सामाग्री, कुखुराको दाना दाना, चल्ला र मासुजन्य पदार्थ, ईन्धन, खाना पकाउने ग्यास, दूर संचार फोहोरमैला व्यवस्थापन, डाँक सेवा लगायतका सवारी साधनले आफ्नो सवारी साधनमा स्पष्ट खुल्ने गरी र सोको प्रमाणित हुने कागजात समेत राखी संचालन गर्न पाउने छन।अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, सहकारी तथा वित्तीय संस्थाहरुले एक चौथाई कर्मचारी मात्रै राखि स्वास्थ्य मापदण्ड पालना गरी कार्यालयको संचालन गर्ने । जिल्ला प्रशासन कार्यालय बाट प्रदान गरिने नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र को कार्य, मालपोत कार्यालयको जग्गा प्रशासन सम्बन्धी सेवा, नापी कार्यालयवाट गरिने कार्य तथा स्थानीय तहले सरकारी कार्यालयबाट हुने कामको लागि प्रदान गरिने सिफारिस लगायतका कार्य वैशाख मसान्त सम्मको लागि स्थगित गर्ने।कार्यालय संचालनको लागि प्रयोगमा आउने सवारी साधनको हकमा सम्बन्धित कार्यालय प्रमुखले मात्र पास जारी गर्ने र सम्बन्धित कर्मचारीले आफ्नो परिचय पत्रको साथमा मात्र उक्त सवारी साधनको प्रयोग गर्ने।
राष्ट्रिय गौरव लागायतका विकास निर्माणसंग सम्बन्धित कार्यमा प्रयोग हुने सवारी साधनको हकमा सम्बन्धित आयोजनाप्रमुख या कार्यालय प्रमुखले जारी गरेको पासको आधारमा संञ्चालन गर्न पाउने।अन्तराष्ट्रिय उडानवाट बिदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिषा हुनेहरुलाई जिल्लाबाट गन्तव्यमा जान प्रयोग हुने सवारी साधनलाई जिल्ला भित्र सहजिकरण गरिने।
औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धि पसल सामान्य रुपमा संचालन गर्न पाईने। अत्यावश्क खाद्य सामग्रीका पसल संचालन सम्बन्धमा
अत्यावश्यक खाद्य सामग्री तथा फलफुल पसल बिहान ६ बजे देखि ८ बजे सम्म मात्र खुला गर्ने होलसेलबाट स्थानीय बजारमा ढुवानी गर्नु परेमा बिहान ८ बजे भित्र गरि सक्नु पर्ने खाद्य तथा फलफुल पसल औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यव संचालन गर्दा नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्ने।पत्रकार तथा संचारकर्मीलाई सुचना बिभागको प्रेस पासका आधारमा मात्र आवातजावत गर्न सहजिकरण गरिने तर प्रेस पास भएको पत्रकारले प्रयोग गर्ने सवारी साधनमा पास नभएको मानिसलाई सवारी गराउन पाईने छैन ।काठमाण्डौ उपत्यका लगायत अन्य जिल्लाबाट दोलखा जिल्ला भित्र वस्ने गरी आउने व्यक्तिले दोलखा प्रवेश गर्दा सम्बन्धित पालिकाको स्वीकृति दिएको प्रमाण पेश गर्नुपर्ने छ त्यसरी दोलखा प्रवेश गर्ने व्यक्तिलाई भीमेश्वर नगरपालिकाको वडा नं. ६ सिमपानीमा रहेको HOLDING CENTER मा पुर्याई सम्बन्धित पालिकाले अनिवार्य तोकिएको अवधि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी पालिकाको जिम्मामा छाडिने छ अन्यथा जिल्ला प्रवेशमा रोक लगाईने छ।
यस आदेशको बर्खिलाप गरेमा सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम कारवाही गरिने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *