दीपशंकर चौलागाई
दोलखा १९ बैशाख । दोस्रो लहरको कोरोना संक्रमणका कारण दोलखाकी एक महिलाको मृत्यु भएको छ ।
दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ चरिकोट घर भएकी अन्दाजी २५ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । भक्तपुर माईती भएकी ती महिला बिस्केट जात्रा हेर्न माइती घर गएको र घर फर्किदा कोरोना संक्रमित भएको बताइएको छ । बिस्केट जात्रा हेरेर चरिकोट फर्किएकी ती महिलालाई घर फर्किएकै रात उच्च ज्वरो सहितको लक्षण देखिएपछि चरिकोटस्थित च्छोरोल्पा अस्पताल र चरिकोट अस्पतालमा उपचारका लागि लगिएको थियो । जिल्लामा उपचार सम्भव नभएपछि मंगलबार भक्तपुर लगीएकी ती महिलाको उपचारको क्रममा भक्तपुरकै एक अस्पतालमा मृत्यु भएको हो ।उनको जिल्ला बाहिर कोरोनाको कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले पनि पुष्टि गरेको छ । मृतक महिलाको दुई वर्षको छोरा रहेका छन् ।
Leave a Reply