पूर्व पर्यटन मन्त्री पोखरेलका परिवारका ३ सदस्यमा कोरोना संक्रमण

 पब्लिक संवाददाता      शनिबार, बैशाख १८, २०७८      0

दोलखा, १८ वैशाख । नेपाल सरकारका ं पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलका परिवारका ३ र चालकका बाबुछाेरा सहित ५ जनामा कोरोना संक्रमण भएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका ३ स्थायी घर भएका नेता पोखरेलका परिवार सहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेकपा एमाले ओली समूहका बागमती प्रदेश अध्यक्ष एवं पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलका छोरा रिनन पोखरेल र बुहारी अबिज्या भण्डारी पोखरेल, छोरी सिर्जना पोखरेल सहित परिवारका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, एमाले नेता पोखरेलका सवारी चालक धनवहादुर थारु र उनका छोरा राहुल थारुलाई पनि कोरोना संक्रमण भएको नेता पोखरेलले सामाजिक सञ्जाल मार्फत बताएका छन् । कोरोना संक्रमित एमाले नेता पोखरेलको परिवार र सवारी चालकका परिवार होम आईसोलेसनमा बसिरहेका छन् ।
नेता पोखरेलले आफ्नो सिँगो परिवार कोरोनाको जोखिममा परेको भन्दै साबधानी अपनाउन सवैलाई अपिल पनि गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *