पब्लिक संवाददाता
बुधबार, बैशाख १५, २०७८
0

दाेलखा १५ बैशाख । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
मुख्यमन्त्री पौडेलले आज ३ मन्त्री र एक जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन । जसमा दोलखा घर भएकी सांसद सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रीका नियुक्त गरिएको छ । दोलखाको गौरीशंकर गाउँपालिकास्थित सुरीकी हुन् । सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी बस्नेतलाई नेकपा एमालेले समानुपातिकतर्फ सांसद बनाएको थियो । आज बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केशवराज पाण्डे र उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश नेपाललाई नियुक्त गरिएको छ । यसैगरी, सामाजिक विकास राज्यमन्त्रीमा रामकुमार अधिकारी नियुक्त भएका छन् ।
Leave a Reply