पत्रकार महासंघ र प्रहरीको निशुल्क माक्स बितरण तथा जनचेतना अभियान सुरु

 पब्लिक संवाददाता      आइतवार, बैशाख १२, २०७८      0

ok कान्तिपुर संवाददाता
दोलखा १२ बैशाख । कोभिड बाट जोगाउन सदरमुकाम चरिकोटमा माक्स नलागाई आवत जावत गर्ने नागरिकलाई निशुल्क माक्स बितरण तथा जनचेतना अभियान सुरु भएकोछ ।
दुई दिन अधि देखी नेपाल पत्रकार महासंघ दोलखा र जिल्ला प्रहरी कार्यालयले सरमुकाम चरिकोटमा निशुल्क माक्स बितरण अभियान तथा जनचेतना सुरु गरेको हो ।
नेपाल पत्रकार महासंघ दोलखाले पाँच सय थान माक्स र सेनिटाईजर ,जिल्ला प्रहरी कार्यालय दोलखाले सात सय थान माक्स र सेनिटाईजर खरिद गरि सातदोबाटे चौकीमा कार्यरत प्रहरी कर्मचारी मार्पmत बितरण गरि जनचेतना जागृत गराएको छ ।
माक्स लगायौ आफु अरुलाई बचायौ भन्ने अभियानमा नेपाल पत्रकार महासंघ दोलखा र जिल्ला प्रहरी कार्यालय दोलखाको सहकार्यमा यो अभियान अघि बढी रहेकोछ ।
विभिन्न विकसित राष्ट्रहरू र नेपालका केही जिल्लाहरुहरु पनि कोभिड–१९ महामारीबाट धेरै प्रभावित भएको बेला दोलखामा सङ्क्रमण भएका व्यक्तिको सङ्ख्यामा न्यून ल्याउन यो अभियान संचालन गरिएको छ ।
समाजसेवि मनका धनी प्रहरी नायव उपरिक्षक भेष राज रिजालको यो अभियानमा नेपाल पत्रकार महासंघ दोलखाले साथ दिएकोछ । नागरिको सेवामा सर्मपित जुनसुकै अभियानमा नेपाल पत्रकार महासंघ दोलखाको साथ हुनेछ, उपाध्यक्ष सिर्जन कुमार घिमिरेले भने ।
सरकारले देशका विभिन्न स्थानमा परीक्षण विस्तार गरेपछि क्रमशः सङ्क्रमितको सङ्ख्या बढ्न थालेको देखिन्छ। देशमा पुष्टि भएका सङ्क्रमितमध्ये केही जना निको भइसकेका छन् भने अन्यलाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर उपचार गरिँदैछ।सङ्क्रमण भएको आशङ्का भएका तर प्रयोगशालाबाट परीक्षणको परिणाम नआएका केही मानिसहरू पनि आइसोलेशनमा छन्।
तीव्र गतिमा सङ्क्रमण फैलिरहेका हटस्पट हरूमा आंशिक लकडाउन हुनसक्छ सरकारका प्रतिनिधिहरुले भनिरहेकाछन । लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ, दिर्घकालिन भने होइन उनीहरु यही भनिरहेकाछन । तर भारतमा कोरोनाभाइरस सङ्क्रमणको लहरका बीच सघन उपचार शय्या, औषधि र अक्सिजनको अभावका कारण मृत्यु हुनेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *