बत्ती मुनि अँध्यारोमा दियो बाल्दै स्थानिय सरकारका प्रतिनिधि

 पब्लिक संवाददाता      सोमवार, चैत्र ९, २०७७      0

दीपशंकर चौलागाई
दोलखा ९ चैत । विकास दृष्टिकोणले पछि रहेको दोलखाको जिलु बस्ती जनप्रतिनिधिको आगमन संगै विकासमा तरूण बन्दैछ । बत्ती मुनि अँध्यारो भने झै सदरमुकामको नजिकै रहेको यो बस्ती बिकासमा पछि परेको थियो। स्थानीय सरकार बनेपछि गाउँ गाउँ मै सिंह दरबार भन्ने सरकारको नारा यो बस्तीका नागरिकका लागि सार्थक बनेको छ ।
भिमकाय पहाडको उकालो चढेर बिहान ४ बजे देखि दैनिक तरकारी ,फलफूल ,र खाध्यान बित्रि गर्न बिबस यहाँका नागरिकको दुखका दिन दुर भएकाछन । भिमेश्वर नगरपालिका ४ रहेको यो बस्ती दोलखा जिल्लाकै अन्नभण्डारका रूपमा परिचित छ। ग्रामीण भेगका नागरिकले सुविधा सम्पन्न सडकमा यात्रा गराउने उदेश्यले भिमेश्वर नगरपालिका र प्रदेश सरकारको ५० ÷५० प्रतिशतको आर्थिक सहयोगमा यो बस्ती पुग्न भट्मासे ¬ जिलु सडक पिच भइरहेको छ। असिन धरे पानी अथवा टन्टलापुर घाममा कान ठोकिने उकालो भारी बोकेर हिडेका नागरिकले अब पिच सडकमा गुड्ने गाडीमा यात्रा गर्ने भएकाछन । भिमेश्वर नगरपालिका प्रबक्ता एवम वडा नं ४ का अध्यक्ष हरिबंश चौलागाईले बस्तीको बिकासको लागि गुरु योजना बनाई महत्वपूर्ण भुमि निर्वाह गरेका कारण बस्तीको मुहार उजेल्लो बन्दै गएकोछ ।
एक करोड ८९ लाखको लगानी भट्मासे ¬ जिलु सडक पिच गरिएको छ । सरकारको बहुबर्षिय योजनामा यो सडक परेकोछ । जिलू बस्तीमा रहेको रिङरोडलाई नै पिच गर्ने योजना रहेको भिमेश्वर ागरपालिकाले जनाएकोछ । यो बर्ष आधा भन्दा बढी पिच गर्ने योजना रहेको बनाउने भिमेश्वर नगरपालिकाका प्रबक्ता हरिबंश चौलागाईले बताए । १५ सेन्टीमिटरको बेस राखी सुक्खामा ३ सेमी थिक्नेस राखेर करिब डेढ किलोमिटर सडक पिच तथा ढलान गरेको भिमेश्वर नगरपालिकाका सब ईन्जिनियर बलराम बस्नेत जानकारी दिए । बाईट , भिमेश्वर नगरपालिकाका सब ईन्जिनियर बलराम बस्नेत भट्मासे ¬ जिलु सडक पिच गर्दा नागरिकको मन जितेर अत्यन्तै राम्रो संग गरेको स्थानियहरु बताएछन । हरेक दिन अनुगन र निगरानीमा नागरिकहरुको उपस्थिति भएकोले ठेकेदार कम्पनीले उत्कृष्ट काम गर्न बाध्य भएको उनीहरु बताउछन ।
यस नगरपालिकाको पूर्वमा वैतेश्वर गाउँपालिका, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा कालिञ्चोक गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला र दक्षिणमा शैलुङ्ग गाउँपालिका पर्दछन् । जनसंख्या ३२,४८६ र घर परिवार ८,६३९ रहेको छ । जातिगत दृष्टिीकोणबाट यस नगरपालिकामा क्षेत्री २९.७४ प्रतिशत, नेवार १८.०६ प्रतिशत, तमाङ १५.६२ प्रतिशत, थामी १२.५५ प्रतिशत, बाहुन ११.०८ प्रतिशत, बिश्वकर्मा ३.४१ प्रतिशत, घर्ती÷भुजेल १.९७ प्रतिशत, बिसुन्के १.७६ प्रतिशत र अन्य ५.८१ प्रतिशत जातजातिहरूको बसोबास गर्दछन् । धार्मिक दृष्टिकोणले हिन्दु, बौद्ध र क्रिस्चियन धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ । यस नगरपालिकाको साक्षरता ६८.९१ प्रतिशत मध्ये पुरुषः ७९.६२ प्रतिशत र महिला ः ५९.८८ प्रतिशत रहेको छन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *