पिकनिक स्पोर्टले भरिभराऊ छ , दोलखाको तामाकोशी गाउँपालिका

 पब्लिक संवाददाता      सोमवार, चैत्र ९, २०७७      0

दीपशंकर चौलागाई
दोलखा ९ चैत । आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणको केन्द्र बिन्दु बन्यो दोलाखाको तामाकोशाी गांँउपालिका । प्राकृतिक रुपमा अति सुन्दर यो पालिका पिकनिक स्पोर्ट स्पोर्ट ले नै भरिभराऊ छ । स्थानिय सरकारका जनप्रतिनिधि,शिक्षक,विधार्थी तथा सर्वसाधरण नागरिकहरु वनभोज कार्यक्रम लिएर जाने गरेकाछन ।
तामाकोशी गाँउपालिकाको ५७ लाख ८१ हजार आर्थिक सहयोगमा प्रत्येक वडामा पिकानिक स्पोर्ट निमार्ण गरिएकोछ । वर्ष दिनभरी काम गरेर थकित भएका नागरिकहरु एक पटक विभिन्न,समुह बनाई वनभोज जाने परम्परा छ । यो परम्परा एवम संस्कृतिकको जगेर्ना गर्न पालिकाले दिर्घकालिन सोचका साथ पिकनीक स्पोर्ट वनाएको छ । वर्षातको समयमा होस या टन्टलापुर घाम लाग्ने समय होस, दुवैमा उपयुक्त हुने गरि भौतिक संरचना निमार्ण गरिएका छन। यि स्थानहरुमा टाढा टाढा वाट पानी ल्याएर धाराहरु निमार्ण गरेको छ ।
पिकनिक स्पोर्टमै खानेपानीका ट्याङकी बनाई नागरिक सेवामा पालिका सर्मिपितं छ । माघ , फागुन महिनामा पिकनिक स्पोर्ट दैनिक जसो नै भरिभराऊ हुने गरेको छ । विभिन्न विद्यालयवाट बालबालिका वनभोज सहित शौक्षिक कार्यक्रम लिएर आउने गरेकाछन। पवित्र तामाकोशी नदिको सामिप्यमा रहेको तामाकोशी गाउँपालिका ३ जफेमा रहेको पिकनिक स्पोर्टमा सबै पूर्वधारहरु तयार भई सकेकाछन। यहाँ आन्तरिक तथा बाह्य पर्यटकको पिकनिकको लागी रोजी को स्थान बनेकोछ ।
निकट भविश्यमा नागरिको चाहानालाई हेरी सो स्थानमा सुईमिङ्ग पुल निमार्ण गर्ने योजना रहेको स्थानियवासी रमेश कार्कीले बताए । गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई हेरी मनोरञ्जन गराउने उदेश्यले तामाकोशी गाउँपालिका १ को भिरकोटमा ७ लाख ६४ हजार १ सय ७० रुपैया,तामाकोशी गाउँपालिका ३ जफे टमा ७ लाख ५० हजार ९ सय ७३ रुपैया, तामाकोशी गाउँपालिका ४ मालुमा ७ लाख ५६ हजार ७ सय ३२ रुपैया,तामाकोशी गाउँपालिका ५ शहरेमा ७ लाख ५३ हजार १ सय ५८ रुपैया, तामाकोशी गाउँपालिका ६ देउरालीमा ७ लाख ५६ हजार ५ सय ८७ रुपैया को लगानीमा पिकनिक स्पोर्ट निमार्ण गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले जानकारी दिए ।
उनले भने गत बर्ष नै तामाकोशी २ झुले र तामाकोशी ७ हावा पिकनिक स्पोर्ट निमार्ण गरेका छौ । बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लाको दक्षिणी भुभागमा प्रसिद्ध तामाकोशी नदी र खिम्ती खोलाको किनारमा अवस्थित तामाकोशी गाउँपालिका विकास र सम्वृद्धिको सम्भावनाका दृष्टिकोणले परिचित छ । साविकका भिरकोट, झुले, जफे, मालु, शहरे, च्यामा र हाँवा लगायत ७ गाविसहरू मिलेर बनेको यस गाउँपालिकाको उत्तरमा बैतेश्वर गाउँपालिका, दक्षिणमा खिम्ती खोला र रामेछापको गोकुलगंगा गाउँपालिका, पश्चिममा मेलुङ्ग गाउँपालिका र पुर्वमा जिरी नगरपालिका रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *