दीपशंकर चौलागाई
दोलखा ९ चैत । चिनको स्वाशासित क्षेत्र तिब्बत संग सिमाना जाेडिएकाे दाेलखाकाे बिगु गाउँपालिकाको ८ मा रहेको थामीचागु गाउँका अधिकाशं युवाहरु बिदेशमा रहेकाले बिदेशबाट पठाएको रकम लिन नागरिकलाई सजिलो बनाउने उदेश्ले दोलखाको मिलिजुली कालिञ्चोक सकोसले सेवाकेन्द्र स्थापना गरेकोछ ।
पिछडी परेका बिपन्न नागरिकहरुको बस्तीमा यो सकोसले स्त्री रोग परिक्षण शिविर समेत राखेको छ । दोलखाको चरिकोट अस्पतालका महिला रोग बिषशज्ञहरु डाक्टर चन्दु सापकोटा ,डाक्टर खाती सहित सात जनाको टोलीले शिवरमा १ सय ३१ जना महिलाहरुको स्वास्थ्य जाँच गरि निशूल्क औषधि बितरण गरेको छ । सम्पूर्ण औषधि खरिद मिलिजुली कालिञ्चोक सकोसले गरेको छ ।
गाउँ गाउँमा सहकारी निमार्ण भएकोले दिनदुखि नागरिकको सेवामा सर्मिपित छ । छोरा छोरी लाई उच्च शिक्षा हासिल गराउन होस या सुविधायुक्त स्वास्थ्य सेवा लिनको लागी होस् तत्काल आर्थिक उपलब्ध गराई सेवा गर्दै आएको छ । मिलिजुली कालिञ्चोक सकोसले सदरमुकाम चरिकोटमा कार्यालय रहेर पनि शिक्षा र स्वास्थ्यको दृष्टिकोणले पछि परेको बस्तीमा स्त्री रोग परिक्षण शिविर सहित सेवाकेन्द्र स्थापना स्थापनाको स्वागत तथा धन्यवादको पात्र बनेको बिगु गाउँपालिका का उपाध्यक्ष सन्जिप ओलीले बताए। सहाकारी नागरिकको सबै समस्यामा जोडिनु पर्छ । बिपन्न नागरिकको स्वास्थ्य सेवाको लागी स्गानिय सरकारले सहयोग गरेकोछ । पैसा नपाएर उपचार गर्न अस्पाताल जान नसक्नेलाई गाउँपालिकाले सहोग गर्दैे आएको र यसलाई निरन्तरता दिने उनले बताए ।
स्थानिय सरकार संग समन्वय गरि बर्ष तिन वटा समाजिक काम प्रत्यक्षहरुमा शेयर सदस्यहरुलाई लाभ हुने गरि मिलिजुलि सकोसले गर्दे आएकोछ । भिमेश्वर नगरपालिका संग समन्वय गरि प्रतिक्षालय,कोटी होममा सार्वाजानिक शौचालय , स्वास्थ्य सेवाको पहुँच नपुइने ग्रामिण भेगमा पटक पटक निशुल्क स्वास्थ्य शिविरहरु राखी नागरिकको सेवा गरेको छ । कोरोना ले देश आक्रान्त भएको समयमा देशमा रगत अभाब नहोस भने मिलिजिुली बचत तथा ऋर्ण सहकारी संस्थाले रक्तदान कार्याक्रम पटक पटक संचालन गरि दोलखाबाट सयौं पिन्ट बलड काठमाण्डौ पठाएको छ । पाठेघर खस्ने समस्याबाट अधिकांश ग्रामिण भेगका महिलाहरु ग्रसित हुने कारण सत् प्रतिशत थामी जातिको बासोवास रहेको थामीचागुमा यस पटक स्त्री रोग परिक्षण शिविर राखेको मिलिजिुली बचत तथा ऋर्ण सहकारी संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताए ।
नागरिकको आर्थिक विकासको लागी सहकरकारी गाउँमा मात्र नभई घरघरमा पुगेकोछ । भोलीका दिनमा उद्यमी बन्न,व्यवसाय संचालन गर्न ,छोरा छोरीलाई उच्च शिक्षा हाँसिल गर्न आर्थिकरुपमा समस्या परे सहयोग गर्न यो सहकारी थामचिागुमा आफनो सेवा केन्द्र खोली सहयोग गर्न आएको नेप्mसुन बाग्मती प्रदेशका महासचिव जिवसराज खड्काले बताए । देशकै बितिय संस्था मध्येको उत्कृष्ट सहकारी संस्था ,एशियाली बचत तथा ऋर्ण महासंघबाट सिलबर ब्राण्ड प्राप्त यो संस्था नागरिकको रोजाई संंस्था बनेकोछ ।
स्त्री रोग परिक्षण शिविर राखेकोमा बढी पाठेघर र पिासव सम्बन्धी समस्या भएका धेरै आमा दिदि बहिनी आएको र उहाँहरुलाई चेकजाँच गरि औषधि दिएर समेत पठाएको स्वास्थ्य टोलीमा संलग्न महिला रोग बिषशज्ञहरु डाक्टर चन्दु सापकोटा बताईन ।
दोलखाको सहकारी अभियानमा र शेयर सदस्यहरुको आर्थिक, सामाजिक र सास्कृतिक पक्षमा मुख्य भुमिका खेलेको यस मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि। दोलखा जिल्लाको तत्कालीन चरिकोट आदर्श गाँउ बिकास समितिलाई आधारथलो बनाई २०५० साल भाद्र ७ गते स्थापना भएको हो । स्थापना भाद्र महिनामा भएपनि जिल्ला स्तरमा दर्ता प्रक्रिया अगाडि बढाउनको लागि डिभिजन सहकारी कार्यालयको अभावका कारण २०५० साल मंसिर २ गते जिल्ला सहकारी कार्यालय धुलिखेलमा ८३ नम्वरमा दर्ता भई आफ्ना शेयर सदस्यहरुलाई अनवरतरुपमा सेवा प्रवाह गर्दै आफ्ना क्रियाकलापहरु सञ्चालन गर्दै आई रहेको छ । सुरुमा दोलखा जिल्लाको सदरमुकाम भएको चरिकोट आदर्श गाँउ बिकास समितिलाई मात्र कार्य क्षेत्र बनाए पनि पछि २०५४ सालमा दोलखा, माटि, मकैवारी र चरिकोट आदर्श गा।बि।स। मिलि भीमेश्वर नगरपालिकाको स्थापना भएपछि यस संस्थाको कार्यक्षेत्र तत्कालीन भीमेश्वर नगरपालिकाको १३ वटा वडाहरुमा बिस्तार गरिएको थियो । कार्यक्षेत्र विस्तारको क्रममा २०७० सालमा भीमेश्वर नगरपालिकाको वरीपरी रहेका तत्कालिन ९ वटा गाउ बिकास समितिहरु संस्थाको कार्यक्षेत्र भित्र पार्ने कार्य गरेको थियो । एकीकरणको माध्यमबाट २०७६ सालबाट संस्थाको कार्यक्षेत्र जिल्ला भरी बनाएको छ।समाजमा व्याप्त गरिवी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको बिकास गराउने तथा त्यसरी संकलीत बचतलाई सदस्यहरुभित्रै परिचालित गरी बिभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रववद्र्धन गर्नुका साथै महङ्गो ब्याजबाट सदस्यहरुलाई मुक्ति दिलाउदै बिभिन्न बित्तिय सेवा प्रदान गर्दै आएको छ ।
Leave a Reply