मिलिजुली कालिञ्चोक साकोसले शेयर सदस्यको गर्ने भयो दुर्घटना बिमा

 पब्लिक संवाददाता      सोमवार, फाल्गुन १०, २०७७      0

दीपशंकर चौलागाई
दोलखा १० फागुन । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको दुर्घटना बिमा गरिदिने भएको छ । दुर्घटना बिमा गरिदिने यो दोलखाको पहिलो सहकारी संस्था हो ।
आफ्ना शेयर सदस्यहरुको दुर्घटना बिमा गर्नको लागि प्रभु ईन्स्योरेन्स् लिमिटेड सँग आज औपचारी सम्झौता गरेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड का संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपाने जानकारी दिए ।
संस्थाले आफ्ना शेयर सदस्यहरुको दुर्घटना भई मृत्यु भएमा वा स्थायी पुर्ण अशक्तता भएमा वा हुलदंगा तथा आतंकबादी क्रियाकलाप बाट मृत्यु वा पुर्ण अशक्त भएमा पचास हजार रुपैया रकम पाउने गरी दुर्घटना बिमा गरिदिन लागेको लागेको संस्थाका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी बताए ।
मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिसिटेडले आफ्ना शेयर सदस्यहरुको दुर्घटना बिमा गरिदिन संस्थाको तर्फबाट अध्यक्ष नारायण बहादुर श्रेष्ठ र प्रभु ईन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रभु ईन्स्योरेन्स लिमिटेड चरिकोट शाखाका प्रमुख मानबहादुर बटालाले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका कर्मचारीहरु र प्रभु ईन्स्योरेन्स लिमिटेडको तर्फवाट शाखा प्रमुख बटाला र सहायक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।मिलिजुली कालिञ्चोकमा हाल २१ हजार ८ सरा ४२ जना शेयर सदस्य रहेका छन्

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *