
दीपशंकर चौलागाई
दोलखा ८ फागुन । नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवम संघिय संसद जिपछिरिङ लामाले कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु उपयुक्त नभएको बताउँदै अदालतले जे निर्णय गर्छ कांग्रेसले त्यसलाई मान्नुपर्नेमा जोड दिए ।
दोलखाको जिरी नगरपालिकामा नेपाली कांग्रेसका स्वर्गीय नेता एवं त्यागी पुरुष भिम बहादुर तामाङको स्मृति भवनको शिलान्यास गर्दै लामाले सो बताएका हुन ।
नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य जिपछिरिङ लामा र नेपाली कांग्रेसका जिल्ला सभापति रुद्र बहादुर खड्काले एक कार्यक्रमका बीच उक्त भवनको शिलान्यास गरेका छन्।
जिरी नगरपालिका वडा नम्बर ५ निर्माण हुने स्मृति भवनको लागी जिरी नगरपालिका नेपाली कांग्रेसका उपसभापति नर बहादुर खड्काले करिब ६ आना जग्गा दान गरेपछि कांग्रेस जिरीले उक्त भवनको शिलान्यास गरेको हो ।
भवन निर्माण गर्न नेपाली कांग्रेसका केन्द्रिय नेता जिपछीरिङ शेर्पाले पाँच लाख ५१ हजार, नेपाली कांग्रेसका दोलखाका नेता एवं स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठले पाँच लाख,नेपाली कांग्रेसका पार्टी सभापति रुद्र बहादुर खड्काले एक लाख एक हजार, नेता च्यागा शेर्पाले पचास हजार एक सय आर्थिक सहयोग गरेको भिम बहादुर स्मृति प्रतिस्ठान जिरीका उप संयोजक एवं भवन निर्माण समितिका उपाध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए ।
स्मृति भवन एक वर्ष भित्र निर्माण हुने भिमबहादुर तामाङ स्मृति भवन निर्माण समिति जिरीले जनाएको छ। भवन शिलान्यासको अवसरमा नेकपा परित्याग गरि नेपाली कांग्रेसमा दर्जनौं नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका पचासौ नेता तथा कार्यकर्तालाई नेता लामाले फूल, माला र अविर लगाएर स्वागत गरेका थिए ।
Leave a Reply