दोलखा ८ फागुन । नेपाली कांग्रेस दोलखाका नेता ईश्वर मानन्धरले प्रतिगामी, अधिनायकवादी कम्युनिष्ट सरकारको समाप्तीको दिन आएको बताए । उनले भने संविधान नै बलत्कार गर्ने ओली सरकारको दिन गन्ती सुरु भएको छ ।
सम्वृद्ध समाज निमार्णका संवाहक ,चेतनाका प्रतिबिम्ब शिक्षकहरुको गौरबशाली संस्था नेपाल शिक्षक संघ भिमेश्वर नगरपालिका र शैलुङ गाउँपालिका स्थानीय प्रतिनिधि सभा लाई सम्बोधन गर्दै मानन्धरले सो कुरा बताएका हुन ।
समाजलाई अग्रगामी बाटोमा डोर्याउने, समाजमा भएका बिकृती र बिसंगतीलाई समाप्त पार्ने न्यायमूर्तिका रुपमा रहेका गुरुहरुले अब अधिनायकवादी कम्युनिष्ट सरकारले गरेको भ्रष्टचार, बिकृती खुलेर बिरोध गर्दै जनता सामु पुराउन अपरिहार्य रहेको कांगे्रस नेता मानन्धरले प्रष्ट पारे ।
नेपाली कांगे्रस दोलखाका पार्टी सचिव बालकृष्ण आचार्य स्थानीय सरकारको दम्भ देखाएर स्वाभिमानी शिक्षकहरुमाथि अत्याचार गर्ने जो कोेही लाई पनि कांगे्रस दोलखाले नछोड्ने चेतावानी दिए । कुनै शिक्षकहरुलाई जनप्रतिनिधि एवम विपक्ष भएकोमा प्रधानाध्यपकहरुले पिडा दिएका छन भने हामीकहाँ आउनुस हामी जनतामा उभ्याएर समाजिक कार्वाही समेत गर्न तयार छौ” | आचार्यले भने “फरक बिचारकै आधारमा बिभेद गर्ने अधिकार कसैलाई छैन।”
नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष गोविन्द नारायण मानन्धरले भने “ बालमैत्रि शिक्षा पाउनु बालबालिका अधिकार हो , शिक्षकको पहिलो कर्तव्य बिद्यालयमा गएर अध्यापन गराउनुका साथै विद्यालयमा शैक्षिक वातावरण स्थापित गर्नु हो ।” निरन्तर आफ्नीत कर्तव्यपथमा लाग्दा शक्तिको आडमा सरकारका लठैतहरुले नेपाल शिक्षक संघका साथिहरुलाई पिडा दिई रहेको ससन्नमा आएकोछ तत्काल नसच्चिए आन्दोलनको आँधिब!हेरी सृजना गर्ने अध्यक्ष मानन्धरले चेतावानी दिएकाछन ।
नेपाली कांगे्रस भिमेश्वर नगरपालिका सभापति राजेश श्रेष्ठले ओली सरकारले निर्वाचन घोषणा गरेपछि पनि पार्टीका विभिन्न कार्यक्रमहरु गरेर राज्यशक्तिको दोहन गरिरहेका छन | लाखौंलाख खर्च गरेर पार्टीको कार्यक्रममा सहभागी गराएर शक्तिको दुरुपयोग गरेकाले सचेत बर्ग गुरुहरुले स्थानिय तहमा कति कति खर्च गरेकाछन हिसाव किताब लिन जनतालाई जागृत गराउन समेत आग्रह गरे ।
सरुवा गरि दिने,जागिर खाईदिने धम्की देखाई शिक्षकलाई मानसिक पिडा दिने केही प्रधानाध्पकहरुको बिषयमा मौखिक उजुरी आएको छ ,अब लिखित उजुरी लिई कानुनी उपचारका लागी अदालतसम्म जाने तयारी अब दिनमा नेपाल शिक्षक संघले गर्ने चेतावानी नेपाल शिक्षक संघकी पूर्व केन्द्रीय सदस्य गीता शिवाकोटीले दिएकी छिन ।
स्थानीय प्रतिनिधि सभा लाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघ भिमेश्वर नगरपालिकाका सहसचिव ध्रुब सापकोटाले प्रजातान्त्रिक बिचारमा आबद्ध शिक्षकहरुको पेशागत सुरक्षाको लागी जस्तो मुल्य चुकाएर भएपनि सेवा गर्न आफु तयार रहेकोले आफ्ना बिचारलाई गाउँटोल बस्ती बस्ती पुराउन समेत आग्रह गरे । स्वातन्त्र बिचारलाई अंकुश लगाउने तागत कसै संग नभएको सापकोटाले दाबि गरे ।
नेपाल शिक्षक संघ भिमेश्वरपालिकाका अध्यक्ष रुद्र प्रसाद चौलागाईको सभापतित्वमा सम्पन्न स्थानिय प्रतिनिधि सभालाई शिक्षक नेता बलराम शिवाकोटी, शैलुङ गाउपालिका नेपाल शिक्षक संघका अध्यक्ष सिद्धि खड्का लगायतले सम्बोधन गरेकाछन । आज सदरमुकाम चरिकोटको खोर्थलीमा सम्पन्न स्थानिय प्रतिनिधि सभामा भिमेश्वरपालिका मा कार्यरत करिब एकसय जना शिक्षकको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा शैलुङ गाउँपालिका शिक्षकहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो ।
Leave a Reply