दीपशंकर चौलागाई
दोलखा १ फागुन । नेपाल सरकारका सुचना, संचार तथा प्राबिधि मन्त्रि पार्वत गुरुङले आज दोलखा सदरमुकाम चरिकोमा जिल्ला समन्वय समिती द्धारा आयोजित एक कार्यक्रममा समार्ट दोलखा निमार्णको शुभारम्भ गरेकाछन ।
डिजिटल नेपाल फ्रेमवक अन्र्तगत देशका ७७ वटै जिल्ला मध्ये पहिलो पटक गृह जिल्लाबाट यो अभियान सुरु गरेका हुन।
सुभारम्भ कार्यक्रममा अप्टिकल फाईबर बिछाएको टेलिफोनबाट दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीलाई फोन गदै शान्ति सुरक्षाको अवस्था र निर्वाचनको तयारीका कहा सम्म पुग्यो भनेर मन्त्रि गुरुङले सोधेका थिए । देशमा संसद पूर्नस्थापना हुदै नै सरकारी सबै खाले संयान्त्रहरु निर्वाचनको तयारीमा लाग्न धुमाउरो ढंगले मन्त्रि गुरुङले निर्देशन दिएको थिए ।
राज्यले दिने सेवा सुबिद्या जनतामा छिटो छरितो पुराउन ,राज्यमा हुने गरेका भ्रष्टचार नियन्त्रण गर्न सरकारले डिजिटल नेपाल बनाउने अभियान सुरु गरेको मन्त्रि पार्वत गुरुङले बताए । स्मार्ट नेपालको अभियान मा स्मार्ट दोलखा भर्याङको पहिलो खुर्किलो भएको उनको दाबि गरेको छ । दोलखाको जनताको जनताले भारि मत दिए बिजय गराएकोले मेरो पहिलो अभियान नै यहाँबाट हुनु स्वाभाविक भएको उाले बताए ।
सम्बृद्ध नेपाल सुखि नेपाली बनाउने अभियानको अभिन्न अंग नै डिजिटल नेपाल फ्रेमवकको स्मार्ट नेपाल हो मन्त्रि गुरुङले बताए । दोलखाको भमिेश्वर नगरपालिका वटा नं ६का अध्यक्ष नबिन लामालाई डिजिटल प्राविधिको हस्तान्तरण गरि अभियान सूरु गरेका थिए । पहिलो चरणमा दोलखा जिल्ला १३६ वटा माध्यमिक तथा आधारभुत बिद्यालयलाई इन्टर सेवा ,डिजिटल ल्याव,स्मार्ट बोर्ड,स्मार्ट टेलिभिजनको ब्यबस्था गर्ने उनले घोषण गरेकाछन । दोलखाका सम्पूर्ण ग्रामिण क्षेत्रमा अप्टिकल फाईबर बिछाउने, वारलेस सेवा,भिस्याड सेवा पुराउने अभियान तिब्ररुपमा अगाडी बढी रहेको मन्त्रि गुरुले जानकारी दिए ।
यो कुनै लोकप्रियताको लागी गरेको होइन । यो देशलाई आर्थिक सम्बृद्धि ,आर्थिक पारदर्शिता,विकासमा अधिबढाउने उदेश्यले काम अघि बढाएको गुरुङले बताए। देश गरिका सबै वडाहरुमा , सबै बिद्यालयहरुमा ,सबै स्वास्थ्य संस्थाहरुमा यो सेवा उपलब्ध गराई स्मार्टनेपाल,डिजिटल नेपाल बनाउने सरकारले निर्णय गरि सकेको नेपाल सरकारका प्रबक्ता समेत रहेका मन्त्रि गुरुङले जानकारी दिए ।
हरेक पालिका महत्वपूर्ण स्थलहरुमा फ्रि वाईफाई बनाउने सरकारको नितिलाई स्मार्टनेपाल,डिजिटल नेपाल बनाउने अभियानले पूर्णरुपमा साथ दिने छ मन्त्रि गुरुङले भने ।
मन्त्रि गुरुङले सुचना, संचार तथा प्राबिधि मन्त्रालयका सचिव देखी नासु सम्मका कर्मचारी दोलखामा उतारेका छन । दोलखाली जनतामा मन्त्रि गुरुङले फागुन महिना भित्र समार्ट दोलखा निमार्ण काम सक्ने प्रतिबद्धता जाहेर गरेकाछन । दस दिन भित्रै देश बनाउन ,दिन नपर्खौ केही गरि हालौ भन्ने जस्ता हतार र हतासमा रहेका मन्त्रि गुरुङका अभिव्यक्तिले स्मार्ट नेपाल,डिजिटल नेपाल बनाउने सपना अत्यन्त टाढा रहेको अनुमान गर्न सकिन्छ ।
Leave a Reply