सुरू भयाे,दाेलखामा हिमपात

 पब्लिक संवाददाता      शुक्रबार, माघ २३, २०७७      0

दाेलखा २३ माघ ।दोलखाकोधार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चाेकमा हिमपात हुन सुरु भएको छ।यस वर्षकै पहिलो पटक शुक्रबार दिउँसो ४ बजेदेखि कालिञ्चाेक मन्दिर आसपासको उच्च भेगमा हिउँ पर्न थालेको कालिञ्चाेक कुरिका स्थानीय होटल व्यवसायी निशान मैनालीले जानकारी दिए ।केहिदिन सम्म हिउँ पर्ने सम्भावना देखिएपछि शुक्रबार सवारी लिएर घुम्न निस्केका करिब तीन दर्जन सवारी चरिकोट फर्केको बताए।शुक्रबार कालिञ्चाेकमा३०वटा सानाठुला सवारी लिएर आन्तरिक पर्यटक पुगेका थिए।धेरै समयपछि यस वर्ष ढिलो हिमपात भएकाले अत्यधिक चिसो बढ्ने सम्भावना रहेको भन्दै हिउँमा सवारी फस्ने देखेर धेरै गाडी चरिकोट फर्केको उनले बताए।मन्दिर आसपासमा पेरेको हिउँले कुरि बजार लगायतका ठाउँ चिसो बढेको पाइएको छ।जिल्लाका उच्चठाउँहरु कालिञ्चाेक,खरीढुङ्गा, शैलुङ तथा जिरी आसपासमा आज रातभर हिमपात हुने सम्भावना रहेको मौसमविधले जनाएका छन्।कालिञ्चाेकमा ३०मिनेटअघिदेखी निरन्तर हिमपात भइरहेको छ।यता दोलखाको तल्लो क्षेत्रमा भने उच्च ठाउँ परेको हिउँका कारण चिसो बढेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *