ट्याक्टर दुर्घटना ,१३ वर्षिय बालक बेपत्ता,चालक सहित तिन जना प्रहरी हिरासदमा

 पब्लिक संवाददाता      बिहिबार, माघ २२, २०७७      0

दीपशंकर चौलागाई
दोलखा २२ माघ । गौरीशंकर गाउँपालिका वडा नम्बर ८ खारेबाट सिंगटी आउँदै गरेको लु ३ त ९२६१ नम्बर ट्याक्टर दोलखाको बिगु गाउँपालिकामा दुर्घटना भएकोछ ।
ट्याक्टरमा चढेका बालक बेपत्ता भएको आरोपमा दोलखा प्रहरीले चालक सहित तीन जनालाई पक्राउ गरेको हुन ।
गौरीशंकर गाउँपालिका वडा नम्बर ५ मुलाबारीका १३ वर्षिय अनन्त खड्का वेपत्ता भएपछि प्रहरीले अनुसन्धानका लागि ट्याक्टर चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
ट्याक्टर विगु गाउँपालिका वडा नम्बर ४ स्थित सिंगटी बजार नजिक तामाकोशी नदिमा खसेको थियो । तीनदिन देखि वेपत्ता भएका बालकको स्थानीय र प्रहरीले खोजी गरिरहे पनि ति बालकको अवस्था हाल सम्म अज्ञात रहेको प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अन्जन कोइरालाले जानकारी दिए ।
अनुसन्धानका लागि नियन्त्रणमा लिइएका तीनै जना अहिले सिंगटी प्रहरीको नियन्त्रणमा छन् । इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक सुशिल केसीले पक्राउ परेका तिनै जनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएकोछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *