
दीपशंकर चौलागाई
दोलखा 21 माघ । गुणस्तरहिन गिटी वालुवा खरिद गर्न वाध्य बनाई कमसल भवन निमार्ण गरिरहेको बिरोधमा जिलुवासी नागरिक आन्दोलित भएकाछन ।
चिनिया कम्पनीलाई राजनैतिक दबाब दिंदै भिमेश्वर नगरपालिका ४ जिलूमा बन्न लागेको सर्व माध्यामिक बिद्यालय भवन निमार्णमा गुणस्तरहिन गिटी वालुवा खरिद वडा अध्यक्षले बाध्य बनाए पछि नागरिक आन्दोलनमा उत्रिएका हुन ।
सर्व माध्यामिक विद्यालयको भवन चिनिया विद्यार्थीहरुबाट सहयोग उठाई चिन सरकारले भुकम्प रहीत प्रविधियुक्त दरिलो ढगबाट निमार्ण गर्ने उद्देश्य लिएता पनि गुणस्तरहिन गिटी वालुवा खरिद गर्न वाध्य गराएको र असक्षम कामदार राख्न दवाव दिएको कारण जिलुवासी नागरिकहरु आन्दोलित हुन बाध्य भएकाहुन । विद्यालय व्यवस्थापन समिती, विद्यालय प्रसाशन र वडा कार्यालयले गरेको मनोमालिन्यपूर्ण हस्तक्षेप, अपारदर्शिता र अनियमितता प्रति नेपाली कांग्रेस वडा कार्य समिति समेत घोर आपत्ति जनाएकोछ ।
आजै जिलूवासीको नेतृत्व गर्दै जिल्ला प्रशासनका कार्यालय दोलखा ,भिमेश्वर नगरपालिका को कार्यालय,भिनपा ४ को वडा कार्यालय र चिनिया सिनो हाईड्रो कम्पनी ६ को सम्पर्क कार्यालयमा प्रेस विज्ञप्ती बुझाउदै नेपाली कांगे्रस भिमेश्वर समिती ४ ले चिनिया कम्पनीले काम छोडेर हिड्ने वा गुणस्तरहिन भवन निर्माण गर्न कम्पनी वाध्य हुने स्थिती देखिन आएकाले उल्लेखित हर्कतहरु तत्काल वन्द गर्न अपिल समेत गरेको छ ।
नेपाली कांगे्रस भिमेश्वर नगरपालिका वडा नं ४ का सभापति भोजराज चौलागाई द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा “स्थानीय कामदार, कर्मचारी भर्ना गदां, कच्चा पदार्थ सप्लायर्सको छनौट गर्दा र मेसिन औजारहरु भाडामा लिदा पारदर्शी ढंगबाट सूचना प्रकाशन गरि निश्चित मापदण्डको आधारमा छनौट गर्नुपर्नेमा एउटा पार्टीको कार्यकर्ता भर्ति केन्द्र मात्र बनाउने हेतुले वडा अध्यक्षको निर्देशन र तोक आदेशको भरमा छनौट गर्ने र निस्काशन गर्ने कार्य प्रति नेपाली कांगे्रसले घोर भत्सना गरेको उल्लेख गरिएको छ । ”
राज्यलाई कर सम्म नतिरेको अवैध क्रसरबाट ल्याईएको गुणस्तरहिन गिटी वालुवा भएपनि प्रयोग गर्ने, पर्छ भनि कम्पनीलाई दवाव गरी खरिद गर्न वाध्य गराई वडा अध्यक्षले कमिशन आर्जन गर्ने थलो वनाएकोले यस्ता नीच कार्यका विरुद्धमा एकजुट हुन आम जिलुवासीहरुमा ज्ञापनपत्र मात्र अपिल गरेकाछन ।अन्यथा अटेर गरी यस्ता कार्यहरुलाई निरन्तरता दिएमा सम्पूर्ण जिलुवासीहरु एकजुट भई प्रतिरोध गर्न समेत ज्ञापन पत्र मार्फत चेतावानी दिएकाछन।
तत्कालिन नेपाल शिक्षक संघ दोलखाका अध्यक्ष एवम भिमेश्वर नगरपालिका ४ स्थायीबासिन्दा रामजी प्रसाद चौलागाईको एकल पहलमा सर्वमाविको भवन निर्माणको परियोजना आएको हो । नेपाली कांगे्रस आफुले जन्माएको बच्चाको हत्या गर्न चाहादैन कांगे्रस नेता केशवराज चौलागाईले भने। जालीफटाहाहरु सर्वमाविको भवन गुणस्तरहिन निमार्णमा उधत जनता चुप लागेर बस्दैनन् चेतना भया चौलागाईले भने ।
जिलुवासीको गौरवको परियोजना निर्माण कार्य विभिन्न वाधा व्यवधानहरुको वावजुत ढिलै भएपनि निर्माण कार्य सुचार भएकोमा सम्पूर्ण जिलुवासीहरु हर्षित छौं । यो पवित्र कार्य कुनै वाधा, अड्चन नआई छिटो भन्दा छिटो कार्य सम्पन्न होस र हाम्रा वालवालिकाहरुले यो कष्टकर परिस्थिती बाट मुक्त भई सुविधायुक्त भवनमा बसी पठनपाठन गर्न पाउन भन्ने हाम्रो तिव्र चाहाना छ । निर्माणाधिन कम्पनी सिनो हाईड्रो व्युरो ६ लाई हामीले गर्न सक्ने सहयोग र आईपरेका समस्या समाधान गर्नमा हामी सदैव सहयोगीको भूमिका निर्वाह गर्दै आएको समेत ज्ञापन पत्रमा उल्लेख छ ।
Leave a Reply