
दीपशंकर चौलागाई
दोलखा १९ माघ । समाजमा शान्ति सुरक्षा तथा सुब्यवस्था कायम गर्दै नागरिकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रहरी निरिक्षक शुसिल केसी दोलखा जिल्लामा सम्मानित भएकाछन ।
इलाका प्रहरी कार्यालय सिंगटीले दिने नागरिकलाई दिने सेवा सुविधामा केही कमी कमजोरी भए नभएको थाहा पाउन आयोजित नागरिक सुनुवाई कार्यक्रममा प्रहरी निरिक्षक शुसिल केसी अभिन्दित भएकाहुन ।
आप्mनो जिम्मेवारी ईमान्दार,कर्तव्यनिष्ठ एवम प्रशंसनिय ढंगबाट दिउँसो एक बजेको समयमा घरमा बसी रहेकी एक महिलालाई जर्बजस्ती करणी गरि फरार रहेका बिगु गाउँपालिका ७ का बर्ष ४३ का पासांङ नोर्बु शेर्पालाई केसीले फक्राउ गरेका थिए । पटक पटक करणी गर्ने जि.दोलखा गौरिशंकर गाउँपालिका ७ गोमाटा बस्ने बर्ष १९ को मधु भुजेललाई समेत प्रहरी निरिक्षक केसीले पक्राउ गरेकाछन । शान्ति सुरक्षा राख्न प्रहरी निरिक्षक केसी हरपल खटिरहेकाे बिगुगाउँपालिकाका प्रमुख युधिष्टर खड्काले बताए ।
बिगु गाउँपालिका २ बस्ने ज्योती खड्काको घरबाट नगद ८५ हजार र सुनको आधा तोलाको तिलहरी, आधा तोलाको मंगलसत्रो, औठी र रु.२५सय बराबरको रिचार्ज कार्ड समेत चोरी गर्ने रौतहट बृन्दाबन नगरपालिका २ मौवाहीटोल स्थायी वतन ४५ बर्षिय मकदम मिया र चन्द्रनिगाहपुर नगरपालिका ५ स्थायी घर भएको बर्ष ३६ को लालबाबु साह लाई सुनका गरगहना लगायत नगद रु.२० हजार सहित केसीको टोल्ली पक्राउ गरेका छन । दोलखाका बिगु,कालिञ्चोक र गौरिशंकर गाउँपालिका नागरिकलाई पूर्ण सुरक्षाको अनुभुति गराउदै उल्लेखनिय भुमिका निर्वाह गरेको नागरिक अगुवा बोदराज श्रेष्ठले बताए ।
जिप्रका दोलखाले केसीको सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न “महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेकोप्रहरी नायब उपरिक्षक भेषराज रिजालले बताए ।
जिल्ला दोलखा गौरिशंकर गाउँपालिका ३ पिखुती स्थित तामाकोशी नदी किनाराबाट अवैध रुपमा प्राकृतिक श्रोत (नदिजन्य पदार्थ) बालुवा उत्खनन् तथा निकासी गरिरहेको सुचनाको आधारमा तत्कालै प्रहरी टोली परिचालन गरी ना ७ त २७५७ र लु ४ त ४५८ का २ वटा ट्याक्टरहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय दोलखा चरिकोटमा पठाएको र कालिन्चोक गाउँपालिका ८ स्थित सुनखानी रहेले सामुदायिक बनमा लागेको आगो स्थानीय बासिन्दाहरुको सहयोगमा नियन्त्रणमा लिनुका साथै जिम्मेवार एरियामा सुरक्षा कायम राख्न प्रभावकारी रूपमा प्रहरी जनशक्ति परीचालन गरी कुनै अप्रिय घटना हुन नदिन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले प्रहरी निरिक्षक के सी जिल्ला प्रहरी कार्यालय दोलखा तथा नागरिक बाट समेत अभिनन्दीत भएका छन ।
Leave a Reply