२० लाख ६८ हजार खर्च गरि भीमेश्वर नगरपालिकाले जिलू क्षेत्रमा हाईकिंङ्ग रुढ निमार्ण गर्दै

 पब्लिक संवाददाता      मङ्लबार, माघ २०, २०७७      0

दीपशंकर चौलागाई
दोलखा २० माघ
दोलखाको बृन्दाबन देखी साहितिक पार्क सम्म प्रधान मन्त्रि रोगजगार कार्यक्रम अन्र्तगतको २० लाख ६८ हजार खर्च गरि भीमेश्वर नगरपालिकाले जिलू क्षेत्रमा हाईकिंङ्ग रुढ निमार्ण गरेकोछ ।
बिकसित राष्ट्रहरुमा अस्पाताल बनाउन चन्दा खेलकुदका लागी रंगशाला निमार्ण गर्ने प्रचलन गरेकोछ । कसरतको माध्यमबाट शरिरलाइृ तन्दुष्टी राख्न सहयोग पुग्न् हुदा अस्पातल भन्दा रंगशालामा बनाउन बिकसित मुलुकहरु अग्रस बन्ने गरेकाछन। रोग लाग्नु भन्दा रोगको बाटो छेक्न जाति भने झै यस्ता हाईकिंङ्ग रुढ निमार्णले स्वास्थ्थ रहन मदत पुराउने छ ।
बृन्दावनबाट गौरिशंकर हिमाल, तामाकोशी नदी , शैलुङ र हनुमन्तेका भिमकाय पहाडको मनमोहक दृश्य अवलोकन गर्दै साहित्यक पार्क सम्म यात्रा गर्ने यो पदमार्ग निमार्ण गरिएकोछ । सदरमुकाम चरिकोटबाट एक किलोमिटरको दुरीमा पर्ने यो पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको लागी मर्निङवाक गर्ने उपयुक्त गन्तव्य बनेकोछ । यो पदमार्ग निमार्णले यहाँका नागरिकको आर्थिक अवस्थामा मजबुत बन्न सक्ने अनुमान गरिएको छ । भिमेश्वर नगरपालिकाले प्रधानमन्त्रि स्वारोजगार कार्यक्रम अन्र्तगत युवा रोजगारीको लागी रुपान्तरण पहल आयोजनामा आएको ५१ लाख ७० हजार मध्ये २०लाख ६८ हजार रुपैया लगानी गरेको नगरपालिका प्रबक्ता एवम भीमेश्वर नगरपालिका ४ का वडा अध्यक्ष हरिबंश चौलागाईले बताए ।
भिमेश्वर नगरपालिकाले प्रधानमन्त्रि स्वारोजगार कार्यक्रम अन्र्तगत युवा रोजगारीको लागी रुपान्तरण पहल आयोजनामा आएको ५१ लाख ७० हजार मध्ये २०लाख ६८ हजारको लगानी बृन्दाबन देखी साहितिक पार्क सम्म २२ सय ९५ वटा सिंढि र भीमेश्वर नगरपालिका २ को मञ्जुश्री पार्क देखी भ्यूटावर सम्म ३१ लाख २ हजारको लगानीमा ३७ सय ३५ सिंढि निमार्ण गरेको छ । बृन्दाबन देखी साहितिक पार्क सम्म पदमार्ग निमार्णमा दैनिक ८० जना मजदुरहरु खटिरहेकाछन । महिला मजदुरको संख्या ५० प्रतिशत भन्दा बढी रहेको छ । पदमार्ग निमार्णले पर्यटक भित्रयाई स्थानियहरुहरुलाई रोजगार सृजना गर्ने उदेश्य रहेको भीमेश्वर नगरपालिका का रोजगार संयोजक डम्बर ओलीले बताए ।
आन्तरिक पर्यटन भित्र्याउन भिमेश्वर नगरपालिका को अगुवाइमा सिढि बनाउने काम गरि रहेका छौ,मजुदर तिलक सापकोटा भने ।२० ÷२० जनाको समूह बनाई महिला पुरूष दुबैले समान ज्याला लिने गरि समान काम गिर रहेकाछौ।दैनिक हजार ,बार सय कति पर्छ,काम गरि रहेका छौ मजदुरकि ग्रुप लिडर लक्ष्मी सापकोटाले बताईन। अर्का ग्रुपलिडर रबिन्द्र श्रेष्ठ भन्छन कम्तीमा एक हजार पार्ने गरि हामी खटिरहेका छौ।सम्वृध नगर स्थापनामा गर्न दोलखा भिमेश्वर नगरपालिकाका जनप्रतिनिधि अहोरात्र खटिरहेकाछन।पर्यटन पुर्वधार विकासमा दोलखाको भिमेश्वर नगरपालिका अत्यन्तै अग्रस्थान रहेको छ

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *