
दीपशंकर चौलागाई
दोलखा १९ माघ
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा संसद विघटन गरे असवैधानिक र अलोकतान्त्रिक कार्य गरेको ठहर गर्दै नेपाली काँग्रेस दोलखाका नेता तथा कार्यकर्ता चर्को आवाज निकालेर खिल्ली उडाउदै हाँसेको छ ।सडकमै चर्को आवाज निकालेर हाँसेका छत्।
कांग्रेस दोलखाका भातृ संगठनका नेता तथा कार्यकर्ताद्धारा संसद विघटन बिरोधमा हाँसो जुलुस प्रदर्शन गरेका हुन । केन्द्रले घोषणा गरेको संसद विघटन बिरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत हाँसो जुलुस प्रदर्शन निकालेका छन ।
जुलुसमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, दलित संघ, नेपाल महिला संघ, आदिवासी जनजाति संघ, किसान संघ लगायतका कांग्रेसका भातृ संघका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । कांग्रेस पार्टी कार्यालयबाट शूरु भएकोहाँसो जुलुस बिचबजार हुँदै सातदोबाटोमा आएर बिरोध सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधान गर्दै नेपाली कांगे्रस दोलखाका पार्टी सभापति रुद्र बहादुर खड्काले असवैधानिक र अलोकतान्त्रिक कार्य गर्दै संसद विघटनका साथै भ्रष्टाचार, कुशासन, वेथिति , बिसंगति र सरकारको निरंकुश शैलीको विरुद्धमा हाँसो जुलुस प्रदर्शन गर्न बाध्य भएको बताए । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध काँग्रेस एकमत भएर अघि बढेको उनले बताए ।
नेपाली कांगे्रसका नेता कुन्दनराज काप्mलेले ओली सरकारले चरम भ्रष्टाचार गरेको र भ्रष्टाचारलाई बढावा दिई जनसरोकारका विषयमा समेत उदासीनता देखाएकोले यसको स्वाभिमानी नेपाली नागरिकले खुलेर बिरोध गर्नु परेको बताए । संसद् विघटन गरि सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिड विरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता चएको समेत नेता काप्mलेले आरोप लगाएकाछन ।
नेपाल महिला संघ दोलखाकी अध्यक्ष कृष्ण कुमारी खड्काको सभापतित्वमा भएको विरोध सभामा नेपाली कांग्रेस दोलखाका नेता इश्वर नारायण मानन्धर सहित कांग्रेसका भातृ संस्था नेता सम्बोधन गरेका थिए । प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक भएको भन्दै विभिन्न दलहरुले चरणबद्ध रुपमा विरोध प्रदर्शन गरिरहेका छन्।
Leave a Reply