दीपशंकर चौलागाई ,दोलखा ८ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिहीबार जिल्लाका वडाहरुमा विरोध शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा दोलखा कांग्रेसले एकैसाथ जिल्लाका ७४ वटै वडाहरुमा विरोध प्रदर्शन गरेकोछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्था विपरीतको कार्य गरेको उल्लेख गर्दै नेपाली कांगे्रस दोलखाका सचिव सन्तोष रिमालले सम्मानित अदालतले प्रतिनिधि सभा पूर्नस्थापना गर्ने कुरा आफुः बिश्वस्त रहेको बताए ।
नेपाली कांग्रेस भिमेश्वर नगरपालिका ४ द्धारा आयोजित विरोध प्रदर्शन पछिको सभा लाई सम्बोधन गर्दै मा घरघरबाट सहभागीता जनाउन अपील गरेका हुन् । नेपाली कांगे्रस दोलखाका प्रबक्ता रन्जित कुमार पाठकले केन्द्रमा केपी ओलीले गरेको अधिनायवादी चरित्र वडा वडामा अध्यक्षहरुले गरेकोले यिनीहरुलाई समेत खबदारी गर्न नेपाली कांगे्रसले एकैसाथ देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गरेका छ ।
कांग्रेसले लोकतन्त्रको जगेर्नाका लागि संवैधानिक बन्न आफ्नो भूमिका टोल टोल बस्तीका नागरिक सम्म पुराउन यो अभियान चलाएको हो ।
सभालाई सम्बोधन गदै नेपाली कांगे्रसका जिल्ला कार्यसमिती सदस्य लोक शंकर चौलागाईले ओली नेतृत्वको सरकारले असंवैधानिक र अप्रजातान्त्रिक कदम चालेकाले कांगे्रसहरु सडकमा मात्र नभई टोल बस्ती पुगी बिरोध जनाएको बताए । उनले भने लोकतन्त्रको निर्णयको खिलाप नेपाली कांगे्रसले निरन्तर प्रदर्शन गर्ने बताए ।
केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथी खेलवाड गरि लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको उनको दाबि थियो ।
नेपाली कांगे्रस भीमेश्वर नपा ४ सभापति एवम नेपाल तरुणदल दोलखाका पूर्व सहसंयोजक भोजराज चौलागाई को सभापतित्वमा सम्पन्न बिरोध सभालाई नेपाल टे«डयुनियन कांगे्रस दोलखाका सभापति रामजी प्रसाद चौलागाई,नेपाल शिंक्षक संघका नेता डम्बरप्रसाद चौलागाई, कांगे्रस नेता भवानी चौलागाई, तरुणदलका नेता बिष्णु चौलागाई , कांगे्रस नेता एकता श्रेष्ड, कांगे्रस नेता बिष्णु बुढायोकी कांगे्रस नेतृ मेनुका पोखरेल, युवा नेता नबराज चौलागाई लगायतले सम्बोधन गरेका थिए ।
Leave a Reply