दीपशंकर चौलागाई,दोलखा ७ माघ । नेपाली काङ्ग्रेसका लोकप्रिय युवा नेता महेश्वर काफ्लेले आफ्नो तलब भत्ता बाट विपन्न,दलित,अपाङ्ग र जेष्ठ नागरिकहरुलाइ ज्याकेट बितरण गरेकाछन।
चुनाबी नारामा आफुलाई सरकारले दिने सेवा सुविधा बापतको तलब,भत्ता गरिबीको रेखामुनि रहेका अति बिपन्न परिवारलाई बाँडने प्रतिबद्धता अनुसार यो बर्ष उनले ३०० थान ज्याकेट बितरण गरेका हुन । निर्वाचित भए देखी उनले प्रत्येक बर्ष तलब भत्ता बाट विपन्न,दलित,अपाङ्ग र जेष्ठ नागरिकलाई सहयोग गर्दै आएको नेपाली कांगे्रस दोलखाका नेता कुमार भुजेलले बताए । काफ्लेले तामाकोसी गाउपालिका १ का वडाअध्यक्ष हुन ।
माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा शेयर हाल्न नसक्ने सर्वसाधारणलाई आर्थिक सहयोग समेत उनले गरेकाछन । दृष्टि बिहिन र बिपन्न बालबालिकाहरुलाई पढ्न छात्रबृत्तीको ब्यबस्था काप्mलेले गरेकाछन । तामाकोसी गाउँपालिकाकामा कोरोनाको बेलामा काप्mलेले पिपिइ,मास्क,सेनिटाईजर र मेडिकल सामग्री समेत वितरण गरेको कांगे्रस नेता भुजेलले जानकारी दिए ।
नेकाका जिल्ला कार्यसमिती सदस्य एवम ,नेविसंघ दोलखाका पुर्व अध्यक्ष समेत रहेका काफ्लेले यस पटक तामाकोसी गाउँपालिकाको माथिल्लो भेग हाँवाका विपन्न,दलित,अपाङ्ग र जेष्ठ नागरिकहरुलाइ एक कार्यक्रमका माझ ज्याकेट वितरण गरेकाछन।
Leave a Reply