२०७८बैशाखमै निर्वाचन गराउने तयारीमा जुट्यो दोलखाको प्रशासन

 पब्लिक संवाददाता      बुधबार, माघ ७, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा ७ माघ । दोलखाका स्थानिय प्रशासनले बैशाख महिनामा निर्वाचन गराउन धमाधम तयारीमा जुटेकोछ । निर्वाचन हुने समय छोटो रहेकोले नेपाल सरकारको निर्देशनको पालना गर्दै मतदाता नामावाली अद्यावधिक कार्यक्रमम गरेको स्थानिय प्रशासनले जनाएकोछ ।
जिल्ला निर्वाचन कार्यालय दोलखाले आज सदरमुकाम चरिकोटमा मतदाता नामावाली अद्यावधिक (दाबि बिरोध समेत) कार्यक्रम २०७७ सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा संगै चरणबद्धरुपमा निर्वाचनका कार्यक्रम गर्दै जाने निर्वाचन प्रमुख गोमा घिमिरेले बताईन।
बिगतका निर्वाचनमा जस्तै यही बैशाखमा हुने निर्वाचनलार्ई सफल बनाउन प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले दोलखाका सबै पक्षलाइ अनुरोध समेत गरेकाछन । मदतान केन्द्रराख्ने स्थानको स्थितको चाडै अनुगमन गरि ,के कस्तो बनाउने हो पूर्व तयारीमा समेत रहने उनले बताए ।
तत्काल देशमा निर्वाचन होला नहोला,। प्रतिनिधि सभा पूर्नस्थापनाका मुद्धा अदालतमा बिचाराधिन अबस्थामा छ । तर बर्तमान सरकारको निर्देशनमा जिल्ला निर्वाचन कार्यालयहरुले देश भरि निर्वाचनमा कार्यक्रमहरु अघि बढाई रहेकाछन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *