दीपशंकर चौलागाई ,दोलखा ३ माघ । संसद विघटन विरुद्ध आन्दोलनमा रहेको नेपाली कांग्रेस दोलखाले आज जिल्लाभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेकोछ । आज कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध जिल्लाभरकाका ९ स्थानीय तहमा प्रदर्शन गर्न गरेको हो ।
नेपाली कांगे्रस कालिञ्चोक गाउँपालिकाले आयोजना गरेको बिरोध सभामा नेपाली कांगे्रस पार्टी सभापति रुद्र बहादुर खड्का,नेपाली कांगे्रसका नेता कृष्ण प्रसाद शिवाकोटी , नेपाली कांगे्रसका नेता अर्जुन शिवाकोटी लगायत स्थानिय नेताहरुले सम्बोधन गरेका थिए । अधिकांश बक्ताहरुले कम्युनिष्ट सरकारका कारण स्थानिय तहमा भ्रष्टचार भएको यसको खोजी कांगे्रसको नेतृत्वमा जनताले तत्कालै खोज्ने छन ,भ्रष्टहरुले माफि नपाउने चेतावानी दिएकाछन।
दोलखाको भीमेश्वर नगरपालिकामा नेपाली कांगे्रस दोलखाका नेता ईश्वर मानन्धर,पार्टी सचिव सन्तोष रिमाल र नौ वटै वडाका नेपाली कांगे्रसका सभापतिहरुले स्थानिय नेता कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए । उनीहरुले प्रधानमन्त्री खड्ग प्रसाद ओलकिोे असंवैधानिक कदम विरुद्ध मन्त्व्य राखेका थिए। पार्टी संगठनलाइ कसरी मजबुत बनाउने हो भन्ने बिषयमा अन्र्तक्रिया समेत गरेका थिए ।
जिरि नगरपालिका मा नेपाली कांगे्रस नेता देबि प्रसाद न्यौपाने,बर्मा लामा, छवि मोक्तान र स्थानिय नेपाली कांगे्रसका नेताहरुले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधाननै च्यातेको आरोप लगाएका थिए ।संसद विघटनको असंवैधानिक कदम खारेजी गर, केपी ओलीको तानाशाहा निरंकुशतावादी शैली मुर्दावाद भन्ने नारा लगाउँदै जिरी नगरपालिकामा विरोध प्रर्दशन भएको छ । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर तानाशाह शैलीको प्रर्दशन गर्दै संविधानलाई नै लत्याएर स्वघोषित महाराज बन्न खोजेको आरोप विरोध सभालाई सम्बोधन गर्ने नेताहरुले बताएकाछन
बैत्यश्वर गाउँपालिका भएको बिरोध सभालाई नेपाली कांगे्रसका पार्टी सचिव बालकृष्ण आचार्य, महासमिती सदस्य गिता शिवाकोटी,लगायत स्थानिय नेताहरुले सम्बोधन गर्दै प्रतिनिधि सभा विघटन गरेको हुँदा संविधानको रक्षा गर्न पनि कांग्रेस सडकमा आउनु परेको बताएकाछन।
बिगु गाउँपालिकाको सभालाई नेपाली कांगे्रसका प्रखर बक्ता केशवराज चौलागाई लगायत स्थानिय कांगे्रसका नेताहरुले सम्बोधन गरेकाछन। चौलागाईले लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लाग्दैन, कम्युनिष्ट बढार्ने अभियानमा जुटेन सबैलाई आवाहान गरे ।
प्रतिनिधि सभा विघटनको बिरोधमा तामाकोसी गाउँपालिकाको सभालाई काङ्ग्रेस नेता भबिन्द्र कार्किको ,नेपाली काङ्ग्रेसका नेताहरु ङरहरी फुयाल, भुवन केसि, महेश काफ्ले, सिर्जना सुवेदी , सुदर्शन कार्की,भिम खड्का, शङकर न्यौपाने , सुन्दर कार्की, लगायत स्थानीयनेताहरुले सम्बोधन गरेकाछन।गौरिशंकर गाउँपालिकाको सभालाई नेपाली कांगे्रसका नेता आङनिमा शेर्पा,पार्टी प्रवक्ता सन्तोष पाठक लगायत स्थानिय कांगे्रसका नेताहरुले सम्बोधन गरेकाछन।
शैलुङगाउँपालिकाको सभालाई नेपाली कांगे्रस दोलखाका पूर्व पार्टी सभापति ताराबहादुर कोईराला,महासमिती सदस्य बिनिता काप्mले,दावा दोर्जे लामा लगायत स्थानिय कांगे्रसका नेताहरुले सम्बोधन गरेकाछन ।उनहिरुले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस नै निर्णायक हुने अवस्था बताएकाछन । ओलीले तत्काल कदम सच्याइनुपर्छ, प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ अधिकांश बक्ताहरुकाे भनाई रहेकोछ ।मेलुङगाउँपालिकाको सभालाई नेपाली कांगे्रस दोलखाका नेता बार्मलामा ,राकेश श्रेष्ठ लगायत स्थानिय कांगे्रसका नेताहरुले सम्बोधन गरेकाछन ।
केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध तीन दिन प्रदर्शन गर्ने निर्णय गरेको थियो ।आगामी निर्वाचनमा बहुमत आउँछ भनेर नेकपाले चुनाव गर्न खोजेको नभई अर्काको लहैलहैमा संसद् विघटन हुन पुगेको उनको भनाइ थियो । पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ स्थानीय तह र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने निर्णय गरेको थियो।
यता नेपाली कांग्रेसका दोलखाका सभापति रुद्र बहादुर खड्काले जिल्लाभरका ९पालिकामा आज भएको विरोध प्रदर्शनमा सहभागी सबैलाई बधाई दिँदै आभार व्यक्त गरेका छन ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज जिल्लाव्यापी रूपमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो । सभापति खड्काले भ्रातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा समेत धन्यवाद दिएकाछन ।
।
Leave a Reply