कांगे्रस दोलखाले भन्यो ,कानुनी राज्यको खिल्लि उढाउने ओली,मुलुक बर्बाद बनाउने मतियार हुन प्रचण्ड र नेपाल

 पब्लिक संवाददाता      शनिबार, पुस २५, २०७७      0

दीपशंकर चौलागाई,दोलखा २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ताराबहादुर कोईरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी राज्यको उपहास गरेको बताएका छन्।
संसद विघटनको विरोधमा शनिबार दोलखाको क्षेत्र नं २ ले आयोजना गरेको विरोध सभालाई सदरमुकाम चरिकोटमा सम्बोधन गर्दै नेता कोइरालले संबिद्यान लाई बलात्कृत गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रधानमन्त्रिले देशै बेईजत गरेको बताए ।उनले भने, ‘कानुनको रक्षक नै भक्षक भएपछि के लाग्छ ।
नेपाली कांगे्रस युवा नेता केशवराज चौलागाई भने “प्रचण्डको राजनैतिक पार्टी फुटाउ पारले दुख पाए सारा,यो मुलुक बर्बाद बनाउने मतियार हुन प्रचण्ड र माधव नेपाल ,यसमा केपीको मात्र दोष छैन । ”
नेपाली कांगे्रस अर्का नेता ईश्वर मानन्धरले प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने व्यवस्था हाम्रो संविधानमा छैन, पार्टीभित्रको आन्तरिक झगडाका कारण संसद विघटन गरि मुलकलाई प्रतिगमन तर्फ लगेको बताए ।
नेपाली कांगे्रस दोलखाका लोकप्रिय नेतृ गिता शिवाकोटी प्रधानमन्त्री र राष्ट्रपतिले गरेको गलत कामलाई अब सर्वोच्च अदालतले न्याय दिलाउनेछ । प्रधानमन्त्री ओली आफु संविधान नै नपढि बहकिदै हिडेकाछन,नेपाली जनताको लागी केही समय निकालेर संविद्यान पढ्न शिवाकोटीले आग्रह गरिन्न । उनले भनिन प्रधानमन्त्रीले संसद विघटन गरेर राष्ट्रको लागि अपराध गरेका छन्।
नोपली कांगे्रस प्रदेश नं २ ख का सभापति जयराम श्रेष्ठको सभापतित्वमा आयोजित सभालाई नेपाली कांगे्रस दोलखाका नेता भोजराज चौलागाई लगायतले सम्बोधन गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *