दोलखा २४ पुस । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ ।
नारा जुलस सहित प्रशासन कार्यालय पुगेको नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो ।
जिल्ला प्रशासन कार्यालयको प्राङगणमा प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीलाई नेकपा प्रचण्ड नेपाल समुहका नेता प्रोणप्रताप केसीले संविधान पुस्तक र गोपाल पाण्डेले बिरोध पत्र बुझाएकाछन ।
नेकपाको प्रचण्ड–नेपाल समूहले सातदोबाटेमा आई कोण सभा गरेको छ । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेको नेता देबि खड्काले बताईन । सोही सभामा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समेत ध्वस्त पार्ने प्रतिगामी र निरंकुश कदम ओलीले चालेको नेकपा नेता गंगा कार्कीले बताएकाछन । ओलीको प्रतिगामी कदमले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको कार्कीको दाबि छ ।
दोलखा सदरमुकाम चरिकोटमा नेपाल कम्युनिस्ट पार्टीको ओलि समुहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आई पुगेका नेपाल सरकारका गृह मन्त्री रामबहादुर थापा र संचार तथा प्रविधि मन्त्री पार्वत गुरूङलाई कालो बेलुङ उडाएर प्रचण्ड नेपाल समुहले बिरोध जनाएका थिए । स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको दाबि गरे पनि आफ्नै गृह जिल्लामा दुई दुई पटक पार्वत गुरूङलाई कालो झण्डा र कालो बेलुङ देखाएकाछन ।
बिरोध सभामा नेकपाको प्रचण्ड–नेपाल समूहका करिब ३ सय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
Leave a Reply