सरकारलाई अपध्वास्त गर्ने षडन्त्रको बदला संसद बिघटन ःगृह मन्त्रि

 पब्लिक संवाददाता      शुक्रबार, पुस २४, २०७७      0

दीपशंकर चौलागाई,दोलखा २४ पुस । नेकपा भित्र केही अबसरवादी नेताहरुले सरकारलाई अपध्वास्त गर्न षडन्त्र गरेको कारण संसद बिघटन गरेको गृह मन्त्रि राम बहादुर थापाले बताएकाछन । प्रतिक्रान्तीलाई प्रतिनिधि सभा बिघटनले तत्काल रोक्केका छ गृह मन्त्रिले दाबि गरेका छन।
अब देशमा मध्यवाधि निर्वाचन हुने छ , हामी समाजवादको नारा लिएर ,सम्वृद्धीको नारा लिएर, गणतन्त्रको नारा लिएर, स्थायित्वको नारा लिएर,एकता नारा लिएर र भौगौलिक अखण्डताको नारा लिएर जनता बिचमा भोट माग्न जाऊछौ गृह मन्त्रि बादलल नेकताका अगुवा कार्यर्ता बिच बिश्वास दिलाए ।
नेपाल सरकारका सुचना संचार तथा प्रबिधि मन्त्रि पार्वत गुरुङले सैद्धान्तीक बिचारमा,दस्तावेजमा बिभेद भएर पार्टीको यो अबस्था आएको होईन,यहाँ त अर्काले नेतृत्व गरेको देख्न नसक्ने केही प्रतिगामीहरुको कारण प्रतिनिधि सभा बिघटन भएको बताए । दोलखा जिल्लामा कम्युनिष्ट एक भएर जाने समेत गुरुङले दाबि गरे ।
नेकपा बाग्मती प्रदेशका सचिव कम्युनिष्ट पार्टीका लोक प्रिय नेता आन्दप्रसाद पोखरेलले नेपाली भुमिको रक्षा गर्ने नायक खड्ग प्रसाद ओलीका बिरुद्ध भारतिय दलालहरुले सुरु देखी उनको नेतृत्वको बिरोध गरेकाले अब नयाँ जनादेशको लागी सरकार अधि बढ्न प्रतिनिधि सभा बिघटन गरेको प्रष्ट पारे ।
नेकपा दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको सभापतित्वमा भएको अगुवा कार्यकर्ता भेलालाई बिघटित प्रतिनिधि सभाकी सभासद शान्ति पाख्रिन, कृष्ण भुजेल,भरतकेसी,नरबहादुर श्रेष्ठ ,भरत दुलाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए । करिब एक हजार जना नेकपा ओली समुहका अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो।      नेकपाका युवा नेताहरु बिदुर शर्मा,महाराज गुरुङ,लक्ष्मण गुभाजु, धिरज सुवेदी,शक्ति पाठक,राजकुमार ढुङगेलको नेतृत्वमा भएको बिशाल मोटरसाईकल ¥यालीले सदरमुकाम चरिकोट परिक्रमा गरेको थियो । ओलीको शक्ति प्रदर्शनमा युवाहरु सफल देखएिकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *