
दोलखा २३ पुस । प्रतिनिधिसभा विघटन पछि दोलखा जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको ध्रुबिकरण अन्तिम चरणमा पुगेको छ । जिल्ला स्तरका नेताहरुको धुब्रिकरणमा ओली समुहमा लाग्ने धेरै नेता तथा कार्यकर्ता रहेको सार्वाजानिक भए लगतै दोलखाका जननिर्वाचित प्रतिनिधिहरुमा ८० प्रतिशत ओली समुहमा रहेको एक बिषेश सुत्रले जनाएकोछ ।
निर्वाचित जनप्रतिनिधिहरुमा भीमेश्वर नगरपालिका प्रमुख भरत केसी उपप्रमुख कमला बस्नेत, वडा नम्बर १ का अध्यक्ष बिरबहादुर थामी, वडा नम्बर ४ का अध्यक्ष हरिबंश चौलागाई, वडा नम्बर ५ का अध्यक्ष रामचन्द्र बस्नेत, वडा नम्बर ६ का अध्यक्ष नबिन लामा, वडा नम्बर ७ का अध्यक्ष कैलाश श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष नकुल केसी, वडा नम्बर ९ का अध्यक्ष चित्रबहादुर भुजेल ओली पक्षमा रहेकाछन । भिमेश्वर नगरपालिकामा प्रचण्ड नेपाल समुहमा एक जना पनि जनप्रतिनिधि नरहेको प्रष्ट भएकोछ ।
जिरी नगरपालिकामा पालिका प्रमुख टंक जिरेल,उपप्रमुख कृष्णामाया बुढाथोकी, वडा नम्बर ३ का अध्यक्ष नोर्बु शेर्पा, वडा नम्बर ४ का अध्यक्ष पदेमान जिरेल, वडा नम्बर ६का अध्यक्ष गोपाल कार्की, वडा नम्बर ७ का अध्यक्ष हर्क शेर्पा, वडा नम्बर ८ का अध्यक्ष तेजबहादुर खड्का, वडा नम्बर ९ का अध्यक्ष ज्ञानबहादुर सुनुवार ओली समुहमा रहेकाछन। वडा नम्बर २ का अध्यक्ष निम्पाल्दे शेर्पा, वडा नम्बर ५ का अध्यक्ष निमासङगे शेर्पा प्रचण्ड नेपाल समुहमा रहेका बिशेष सुत्रले जनाएको छ ।
कालिञ्चोक गाउँपालिका प्रमुख बिनकुमार थामी,उपप्रमुख कालिका पाठक, वडा नम्बर ३ का अध्यक्ष निशान बुढाथोकी, वडा नम्बर ४ का अध्यक्ष केशब ठकुरी, वडा नम्बर ५का अध्यक्ष सुवाश थामी, वडा नम्बर ६ का अध्यक्ष मानसिंह थामी, वडा नम्बर ७ का अध्यक्ष चेतबहादुर खड्का, वडा नम्बर ८ का अध्यक्ष नन्दराज शिवाकोटी ओली समुहमा रहेकाछन । वडा नम्बर २ का अध्यक्ष नानी पाण्डे मात्र प्रचण्ड नेपाल समुहमा रहेको बिशेष सुत्रले जनाएको छ ।
बिगुगाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पदम थामी, वडा नम्बर २ का अध्यक्ष कृष्ण ठकुरी, वडा नम्बर का अध्यक्ष बुक्तम तमाङ ओली समुहमा र उपप्रमुख संजिप ओली, वडा नम्बर १ का अध्यक्ष हिरण्य बहादुर गुरुङ, वडा नम्बर ३ का अध्यक्ष श्रीराम खड्का प्रचण्ड नेपाल समुहमा रहेकाछन ।
बैत्यश्वर गाउँपालिका वडा नम्बर वडा ५ का अध्यक्ष माधव बस्नेत मात्र ओली समुहमा रहेकाछन । बैत्यश्वर गाउँपालिका उपप्रमुख रविचन्द्र आचार्य, वडा नम्बर ४का अध्यक्ष कुमार चौलागाई, वडा नम्बर ७ का अध्यक्ष रेशम राजस्वराज रिमाल, वडा नम्बर ८ का अध्यक्ष रमेश अधिकारी प्रचण्ड नेपाल समुहमा रहेको बिशेष सुत्रले जनाएको छ ।
त्यसै गरि मेलुङ गाउँपालिका प्रमुख नरबहादुर श्रेष्ठ, वडा नम्बर १ का अध्यक्ष ईश्वर कोइराला, वडा नम्बर २ का अध्यक्ष जितबहादुर भण्डारी, वडा नम्बर ३ का अध्यक्ष हिराकुमार थोकर , वडा नम्बर ७ का अध्यक्ष नबराज खड्का ओलीी समुहमा रहेको बिशेष सुत्रले जनाएको छ । उपप्रमुख कल्पना भण्डारी र वडा नम्बर ५ का अध्यक्ष मानबहादुर मगर प्रचण्ड नेपाल समुहमा रहेकाछन ।
शैलुङ गाउँपालिका प्रमुख भरत दुलाल, उपप्रमुख लालमाया योञ्जन, वडा नम्बर १ का अध्यक्ष बृषबहाखुर तमाङ, वडा नम्बर ३ का अध्यक्ष ध्रुब श्रेष्ठ, वडा नम्बर ४ भरत ढुङगेल, वडा नम्बर ५ का अध्यक्ष किरण बस्नेत, वडा नम्बर ६का अध्यक्ष राजु खड्का ओल िसमुहमा रहेको बिशेष सुत्रले जनाएको छ । प्रचण्ड नेपाल समुहमा एक जना जनप्रतिनिधि पनि नरहेको बताईएकोछ ।
तामाकोशी गाउँपालिका का प्रमुख ईश्वर चन्द्र पोखरेल,उपप्रमुख उर्मिला केसी, वडा नम्बर ४का अध्यक्ष होम श्रेष्ठ, वडा नम्बर ५का अध्यक्ष राजकुुुमार रोकाय, वडा नम्बर ६का अध्यक्ष झनक फुँयाल, वडा नम्बर ७ का अध्यक्ष लेखबहादुर सुनुवार ओली समुहमा रहेको बिशेष सुत्रले जनाएको छ । यहाँ पनि प्रचण्ड नेपाल समुहमा एक जना जनप्रतिनिधि पनि नरहेको बताईएकोछ ।
गौरिशंकर गाउँपालिका प्रमुख स्वायम बहादुर खड्का र उपप्रमुख उर्मिला थामी (केसी), वडा नम्बर १ का अध्यक्ष झलक कार्की, वडा नम्बर ५का अध्यक्ष डिल्लीध्वज बस्ननेत, वडा नम्बर ६ का अध्यक्ष पेम्बा शेर्पा, वडा नम्बर ७ का अध्यक्ष आङदोर्जे शेर्पा, वडा नम्बर ८का उदय खड्का, वडा नम्बर ५का अध्यक्ष ९ छिरिङ शेर्पा ओली समुहमा रहेकाछन। वडा नम्बर २ का अध्यक्ष बसन्त कार्की, वडा नम्बर ३का अध्यक्ष नेत्रबहादुर बस्नेत प्रचण्ड नेपाल समुहमा रहेको बिषेश स्रोतले जानकारी दिएकोछ । जिल्ला समन्वय प्रमुख डबल पाण्डे र उपप्रमुख मनमाया जिरेल ओली समुहमा रहेको बिशेष सुत्रले जनाएको छ।
दोलखाका बाट निर्वाचित संघिय माननिय पार्वत गुरुङ ओली समुहमा रहेकाछन भने दुबै प्रदेश माननिय पशुपति चौलागाई र बिशाल खड्का प्रचण्ड नेपाल समुहमा रहेकाछन।
Leave a Reply