दीपशंकर चौलागाई , दोलखा १७ पुस । कृषिमा सम्बृद्धी ल्याउने हो भने पालिकाले खेतीयोग्य जग्गा बाँझो राख्ने व्यक्तिको पालिकाले दिने सबै सेवा सुविधा रोक्का गरे मात्र सम्भव रहेकोछ ।
खेतीयोग्य जग्गा बाँझो नराख्ने र बाँझो भएकाहरूलाई पनि उपयोग गर्दै लैजाने योजना पालिकाको बनाउनु पर्ने आवश्यकता देखिन्छ । छ । पालिकाले भूमिसम्बन्धी कार्यविधि, बनाउदा यो राजपत्रमा प्रकाशित गर्नु पर्दछ । खेतबारी बाँझो राखेका किसानले अनिवार्य पालिकालाई जानकारी गराउनुपर्ने कानुन ल्याउनु पर्छ अनि मात्र कृषिमा सम्बृद्धी आउँछ कृषि बिज्ञ प्रजज्वल कार्कीले बताए।
पालिकामा कोरोना संक्रमणका कारण रोजगार गुमाएर परदेशबाट ७ सय ६० युवा थातथलो फर्किएका छन् । ती युवालाई कृषिमा आत्मनिर्भर बनाउन पालिकाले कृषिका आकर्षक योजना अगाडि बढाउनु पर्छ । बाँझो जमिनको उपयोग गर्न पालिकाले सामूहिक खेती कार्यक्रमलाई प्रोत्साहन गर्न आवश्यक कार्कीले भने ।
बाँझो राखीएको जग्गा कृषि र पशुपालन गर्न इच्छुक व्यक्तिलाई निःशुल्क प्रदान गर्न आबश्यकछ । खेतीको लागी आवश्यक मल, बिउ र प्राविधिक सहयोग पनि पालिकाले गरेको खण्डमा विकासको गति तिब्ररुपमा बढ्ने छ । । कृषकले उत्पादन गरेका कृषि उपज बिक्री नभए उचित मूल्यमा बिक्री वितरण गर्ने पालिकाले सहयोग गर्नु पर्दछ ।
Leave a Reply