दलित संग बिवाह गरेको भन्दै सामाजिक बहिस्कार गर्ने पण्डित पक्राउ

 पब्लिक संवाददाता      मङ्लबार, जेष्ठ २७, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा २७ जेठ । मेलम्ची नगरपालिका वडा न. ९ ज्यामिरेमा दलितसग बिहे गरेको भन्दै बुबाको काज किरिया गर्न नदिइ प्रेम भुजेललाई सामाजिक बहिस्कार गर्न लगाउने पण्डित रमेश शर्मा कुइकेललाई ईलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ।
जातीय तथा अन्य छुवाछूत तथा भेदभाव गरि सार्वाजानिक स्थलमा जातिय विभेद गरे उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
गत २०७६ फाल्गुन २१ गते दिउँसो २ ः०० बजे बुबा दिर्ग बहादुर भुजेलको मृत्युको खबर पाउन साथ काठमाडौ बाट मेलम्ची घाटमा पुगेका भुजेललाईरमेश पण्डित आउदैनन् भनेर बुबाको मुख हेर्न दिएको थिएन । घाटमा पुगेका भुजेललाई आफ्नै दाजु बेल बहादुर भुजेलले तिमी किरिया बसे रमेश पण्डित आउदिन भनेकाछन भन्दै आफुलाइ बुबाको मुख हेर्न समेत नदिएको कारण आफू रुदै काठमाडौ फर्किएको पीडित भुजेलले संचारकर्मी संग बताए ।
दिर्ग बहादुर भुजेलको मृत्यु भए लगतै रमेश शर्मा कुइकेलको मा शङ्ख लिन भनेर गएका सारथ कट्टेल र दिपेश भुजेललाई तेरो काकाले कमिनी बिहे गरेको छ शङ्ख दिन्न र म जान ेगरेको पनि छैन भन्दै फिर्ता पठाऐ समेत उनले बताए ।
घरमा आफू नभएको थाहा पाए पछि आरोपि पण्डित घरमा आएर पण्डित्याइ गरेका रहेछन् , मैले दलित समुदायको केटि सग बिवाहा गरेकै कारण मेरो बुबाको मृत्यु हुदा आफ्नो धर्म सस्कार अनुसार बुबाको दाह सस्कार र काज किरिया गर्न रोक लगाउनु मानवता बिरोधि क्रियाकलाप भएकोले न्यायको निमित्त पीडित प्रेम बहादुर भुजेलले २०७६ चैत ७ मा कुइकेल वि?द्ध आफुले जाहेरी दिएका थिए ।
जातीय तथा अन्य छुवाछूत तथा भेदभाव( कसुर र सजाय )ऐन २)६८ मा निजि तथा सार्वजनिक स्थलमा जातिय विभेद गरेमा तिन महिना देखि तिन वर्ष सम्म कैद र पचास हजार देखि दुई लाख सम्म जरिवाना तथा ऐन बमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पिडितलाई दुईलाख सम्म क्षतिपुर्ति भराईदिन सक्ने कानुनी प्राबधान रहेको छ । आरोपि रमेश श्रर्मा कुइकेल साबिक ज्यामिरे गा.बि.स का अध्यक्ष समेत रहेका थिए।
कोरोनाको कारण पक्राउमा ढिला सुस्ती भएको र आरोपित कुइकेललाई पक्राउ गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख प्रहरी निरिक्षक फल बहादुर तामाङले जानकारी दिए ।
जाहेरी दर्ता भइ पक्राउ परे सगै न्यायको लागि ढोका खुलेता पनि प्रयाप्त प्रमाण जुटाउन समस्या भई रहेको बताउदै दलित एकता सञ्जाल नेपालका सिन्धुपाल्चोक अध्यक्ष एवं दलित संजाल केन्द्रिय सचीव सुनिल मिजारले भने “आवस्यक प्रमाण जुटाउन सहयोग गरि न्याय नपाए सम्म निरन्तर पीडीत परिवारलाई साथ दिने छु ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *