दीपशंकर चौलागाई ,सिन्धुपाल्चोक २१ जेठ । पश्चिम रुकुमका दलित समुदाय माथी भएको बिभेदको बिरुद्ध आज मेलम्चीमा ¥याली सहित बिरोध प्रदर्सन गरिएकोे छ ।
१४ औं राष्ट्रिय बिभेद तथा छुवाछूत उन्मुलन दिवसको सन्दर्भ पारि दलित एकता संजाल नेपाल सिन्धुपाल्चोक र राष्ट्रिय दलित पत्रकार संघ सिन्धुपाल्चोकको सयुक्त आयोजनामा बिरोध प्रदर्सन भएको हो ।
२०७७ जेष्ठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका ०८ मा नबराज बि क सहित ६ जनाको ज्यान नै लिने गरि घटाइएको जघन्य हत्या विरुद्ध बिरोध आमनागरिक बिरोधमा उत्रिएका छन ।
नेपाललाइ छुवाछूत मुक्त राष्ट्र भनेर दिवस मनाइ रहदा दिनानुदिन दलित जिवन धोस्त पार्दै जानु मुखमा राम राम बगलिमा छुरा भने झै भएको भन्दै पीडितले न्याय नपाए आन्दोलनलाई देशब्यापी रुपमा थप सशक्त बनाइ न्याय दिलाउन सक्दो पहल गरिने दलित एकता संजाल नेपाल केन्द्रिय सचिव सुनिल मिजारले बताउनु भएको छ।
मिजारले भन्नुभयो कथित जातीय विभेद र छुवाछुतका कारण मानवता माथिको अपराधमा पिल्सिएका छन् । अकालमा ज्यान गुमाएका छन् । प्रेमप्राप्तिका खातिर ज्यान गुमाएका नवराजले जस्तो जातीय कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् मिजारले भन्नु भयो ।
भावुक हुदै मिजारले भन्नु भयो ६ जना आमाको कोख रित्तिएको छ, दिदीबहिनीले दाजुभाइ गुमाएका छन् , आमाबाबुमा सन्तान गुमाउनुको असह्य पीडा छ । वास्तविक यथार्थको चित्रण गर्दै मिजारले भन्नु भयो प्रेम सम्बन्धकै कारण दलितको हत्या किन हुन्छ ? दलित चेलीहरूमाथि किन बलात्कार हुन्छ ? नेपाल छुवाछुतमुक्त घोषणापछिका यस्ता घटनाले दलितमाथिको बर्बरताको उजागर गरिरहेको छ ।
“अन्तर्जातीय विवाहका कारण २०६९ सालमा सप्तरीका शिवशंकर दासले ज्यान गुमाए , सोही वर्ष दैलेखका सेते दमाई समेत अन्तर्जातीय विवाहका कारण मारिए , २०७० मा तनहुँकी संगीता परियार, २०७३ मा झापाकी अस्मिता सार्की, २०७३ मै काभ्रेका अजित मिजार अन्तर्जातीय विवाहका कारण मारिए किन प्रतिकार गर्न दलित समुदाय जुरमुराउदैन ,किन सरकार अपराधिलाई कार्वाही गर्न पछि हट्छ ।” मिजारले दुखेसो गर्नुभयो ।
Leave a Reply