बैतडीको क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु

 पब्लिक संवाददाता      मङ्लबार, जेष्ठ २०, २०७७      0

दाेलखा २० जेठ । बैतडीमा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी भटनाकै २२ वर्षीया सुनीता लोहारको मंगलबार बिहान मृत्यु भएको हो ।

उनको  कोरोना परीक्षण गर्न स्वाब संकलन गर्ने तयारी  भइरहेको स्वास्थ्य कार्यालय  बैतडीका प्रमुख योगेश प्रशाद भट्टले जानकारी दिए ।  मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्यचौकी इन्चार्ज रोहित कुमार धानुकले बताए ।

लुहारको अवस्था सोमबारसम्म सामान्य रहेपनि मंगलबार बिहानै मृत्यु भएको उनको  भनाइ छ । मृतक लुहार जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै स्वदेश फकिएकी थिइन् । उनी जेठ १८ गतेदेखि क्वारेन्टिनमा बसिरहेकी थिइन् ।

मृतकसँगै उनका श्रीमान् र १८ महिने बच्चा पनि क्वारेन्टिनमै बसिरहेका थिए । मृतक भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएको तर आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधी सेवन गर्न नपाएको उनका श्रीमान हरिश लुहारले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *