दीपशंकर चौलागाई,दोलखा ४ जेठ । नेपाली कांगे्रसका युवा नेता ङरहरी फुयाँलले भारतले नेपाली सिमाना मिच्दा मुखदर्शक बन्ने नालायक सरकारले तत्काल राजिनामा दिनु धारण राखेकाछन ।
नेपाली भुमि मिच्ने भारतीय बिस्तारबादको चर्को बिरोध गर्दै बिशाल मशाल जुलुसका प्रमुख अतिथि फुयाँलले अधिनायवादी कम्युनिष्ट अन्त्य नगरि नेपाली भुमिले समेत सुख नपाउने बताए ।
नेपाली कांग्रेस तामाकोसी गाउँ पालिका वडा न ५ सहरेको आयोजनामा भएको मशाल जुलुस पछिको कोण सभालाई नेपाली कांगे्रस तामाकोशी गाउपालिका लोकप्रिय नेता गोपाल तिमल्सिनाले गोपाल तिमल्सिना, नेपाली कांगे्रस तामाकोशी गाउपालिका सचिव चन्द्र गणेश काफ्ले , नेपाली कांगे्रसका जिल्ला कार्यसमितीका आमन्त्रित सदस्य एवम युवा नेता शंकर न्यौपाने, नेपाली कांगे्रसका युवा नेता सुरज केसी ,नेपाली कांंगे्रसका नेता डबल मिजार , युवा नेता रोसन पोखरेल, युवा नेता सबिन खड्का लगाएत सम्बोधन गरेका थिए ।
कोरोना भाईसरका कारण आक्रान्त बनेका नागरिकको जिबन रक्षाको लागी चेतना जागृत गर्दै मशाल जुलुसले शंखघोष गरेको समेत वक्ताहरुले बताएकाछन ।जनताको रक्षाका निमित मास,पन्जा र दुरि कायम गरि मशाल जुलुस सम्पन्न भएको आयोजकले जनाएकाछन । मशाल जुलुसमा करिब २ सयको सहभागिता रहेको थियो ।
Leave a Reply