पैदल यात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक

 पब्लिक संवाददाता      शुक्रबार, जेष्ठ २, २०७७      0

दोलखा २ जेठ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि सरकारले पैदल यात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक लगाएको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक बिनापासका सवारी साधन र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि पैदल हिड्नेका लागि खासै कडाइ नगरिएकोमा अब सकडमा बिना पास निस्कने पैदल यात्रुलाई पनि कारबाही गरिने भएको छ ।

गृह मन्त्रालयले लकडाउन कडा बनाउन दिएको निर्देशनपछि शुक्रबार बसेको समितिको बैठकले मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै थप कडाई गरेको हो ।सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । यसअघि बिहिबार गृह मन्त्रालयले जिल्लाभित्रको आन्तरिक पासलाई पनि खारेज गर्ने निर्णय गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *