भारतीय बिस्तारबाद र लम्पसारवाद कम्युनिष्ट सरकारको बिरोधमा बिशाल मशाल जुलुस

 पब्लिक संवाददाता      बिहिबार, जेष्ठ १, २०७७      0

दीपशंकर चौलागाई
दोलखा १ जेठ । नेपाली कांगे्रसका युवा नेता एवम नेविसंघका पूर्व महामन्त्रि कुन्दन राज काप्mलेले नेपाली भुमि मिच्ने भारतीय बिस्तारबादको चर्को बिरोध गरेकाछन ।
लिपुलेक फिर्ता नगरे अधिनायकवादी कम्युनिष्ट सरकार झन नालायक हुने चेतावानी दिंदै नेता काप्mलेले भने “ नेपाली आमा माथि बलत्कार गर्ने बिस्तारवादीका अघि लम्पसार पर्ने केपी ओलीले तत्काल नैतिकताका आधारमा राजिनामा दिनु पर्छ ।”
नेपाली कांगेस तामाकोशी गाउँपालिका द्धारा आयोजित सरकारको नैतिक र बिस्तारवादीको नियतिको बिरोधमा निकालिएको बिशाल मशाल जुलुस पछिको कोण सभालाई सभालाई सम्बोधन गर्दै नेपाली कांगे्रसका नेता काप्mलेले सो कुरा बताएका हुन ।
उनले सम्पूर्ण नेपालीलाई क्वारेन्टिनको सुरक्षित ब्यबस्था गर्न सरकारलाई आग्रह गरेकाछन । दोलखाको तामाकोशी गाउपालिका जनप्रतिनिधिहरुले कोरोनाको नाममा बर्मालुट गर्दा समेत निकम्भ सरकारले मौन रहेको काप्mलेले आरोप लगाए ।
जिल्लामा कोरोनाको नाममा केही ठगहरुले पिपिई, सेनीटाईजर,माक्समा चौबर मुल्य लिई बेचबिखान गर्दा कुभकर्णको निन्द्रामा पर्ने स्थानिय प्रशासनका प्रमुखको समेत पुत्ता दहन गर्न कांगे्रस दोलखा पछि नपर्ने चेतावानी उनले दिएकाछन । तत्काल छानविन गरि पेशा परिवर्तमान गर्दै ठगी धन्दामा लाग्ने लाई कानुनी कार्वाही अधि बढाउन काप्mलेले आग्रह गरेकाछन ।
नेपाली कांगे्रस दोलखाका प्रखर बक्ता कुमार भुजेलले नेपाली कांगे्रसको सभालाई सम्बोधन गर्दै नेपाली भुमि तत्काल फिर्ता गर्न वर्तमान सरकारलाई अनुरोध गरेकाछन । उनले कोरोना भाईसरका कारण आक्रान्त बनेका नागरिकको जिबन रक्षाको लागी चेतना जागृत गर्दै मशाल जुलुसले शंखघोष गरेको समेत बताएकाछन ।
नेपाली कांगे्रस तामाकोशी गाउपालिका नेता गोपाल तिमल्सिनाले जनताको रक्षाका निमित मास,पन्जा र दुरि कायम गरि दोलखाको जफेबाट अभियान सुरु गरेका छौ । यो अभियान दोलखा कांगे्रसले जिल्लाभर संचालन गर्ने उनले बताए । नेपाली कांगेस तामाकोशी गाउपालिका सचिव एवम युवा नेता चन्द्रगणेश काप्mलेले यहा कुनै पनि नागरिकलाई कोरोनाको कारण लकडाउण्डमा रहदा खाना समस्या परे तामाकोशी गाउपालिका भर घर घरमा खानाको ब्यबस्था गर्न नेपाली कांगे्रस तामाकोशी तयार रहेको बताए ।
मशाल जुलुसमा करिब ३ सयको सहभागिता रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *