राजधानीमा घरदैलो मै राहत पुर्याउदै तामाकोशीगाउँपालिका का यूवाहरु

 पब्लिक संवाददाता      बुधबार, बैशाख १७, २०७७      0

दोलखा १७ बैशाख ।कोराना भाईरसका कारण विशेषगरि संघीय राजधानी काठमाडौंमा विगत एकमहिना भन्दा बढि समयदेखि बन्दाबन्दी तथा लकडाउनमा परेका दोलखा जिल्लाको तामाकोशी र कालिन्चोक लगायतका गाउँपालिकामा स्थायी घर हुने मजदुर तथा विद्यार्थीहरुलाई राहत स्वरुप खाद्यन्न सामग्री ताथ तरकारी वितरण गरिएको छ ।
लामो समयदेखि काठमाडौंमै बस्न बाध्य मजदुर तथा विद्यार्थीहरुले खानेकुरा अभाव भएको गुनासो गरेपछि , तामाकोशी गाउँपालिकामा स्थायी घर भई हाल काठमाडौंमै विभिन्न पेशा तथा व्यावसाय गरि बस्ने यूवाहरु रविन खड्का, भुवन केसी, रुपक खड्का, सुरज खड्का र सुन्दर खड्काले आफ्नै लगानीमा राहत वितरण गरेका हुन् । उनीहरुका अनुसार फोकस तामाकोशी गाउँपालिकामा स्थायी घर हुनेलाई गरिए पनि दुखमा परेका अन्य स्थानका नागरिकहरुलाई पनि राहत वितरण गरिएको छ ।
वैशाख १६ र १७ गते चामल, दाल र तरकारी गाडीमा राखेर भक्तपुर र काडाँघारी र महाराजगञ्जमा बसिरहेका तामाकोशी र कालिन्चोक गाउँपालिकाका स्थानीयहरुलाई उनीहरुले राहत वितरण गरे । कोठामै खाद्यन्न र तरकारी पाएपछि कष्टकर दिनहरु बिताइरहेका नागरिकहरुको मुहारमा खुशियाली छाएको प्रष्टै देख्न सकिन्थ्यो ।
राहत वितरणका क्रममा काडाँघारीमा भेटिएका भुवन केसी, आफ्नै पहलमा राहत बाड्न जादामा पनि अवरोध गरेकोमा सरकारको आलोचना गर्दछन् । उनी भन्छन्, आफै पनि राहत नदिने अनि दिनेलाई पनि अवरोध गर्ने, कस्तो रवैया हो यो ? सरकारले अवरोध गरेपनि कोही पनि दोलखालीहरु भोकभोकै बस्नु नपर्ने भन्दै केसी भन्छन् हामीलाई सम्पर्क गरेमा हामी खाने व्यवस्था गरिदिन सक्छौं र कसैको पनि जबर्जस्ती राहत बाडेको तस्विर पनि हामी लिदैनौं । साथै, मानवीय सेवा भावले राहत वितरण गरिएकाले कसैको पनि अनुमति बेगर नामावली प्रकाशन नगरिने तर रेकर्ड भने सुरक्षित राखिएको उनले दाबी गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *