
दोलखा १७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको स्पष्ट पारेको छ ।
पछिल्लो समय बारा र पर्साका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५७ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।यसअघि मन्त्रालय मातहतकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले थप ४ जनामा कोरोना संक्रमण देखिएको बताएका थिए । जसका आधारमा सरकारी स्वामित्वको समाचार संस्था (रासस)ले नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको समाचार प्रकाशन गरेको थियो ।
मन्त्रालयका प्रवक्ता डा देवकोटाले बाराका ३१ र ४३ वर्षका पुरुष तथा पर्साका ४६ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताए । डा देवकोटाका अनुसार यसअघि नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितसँगै भारतबाट नेपाल फर्किएका व्यक्ति हुन् ।
संक्रमण पुष्टि भएसँगै उनीहरुलाई अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको नारायणी अस्पतालका इमर्जेन्सी विभागका प्रमूख डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।
Leave a Reply