पब्लिक संवाददाता
मङ्लबार, बैशाख १६, २०७७
0
दीपशंकर चौलागाई । दोलखा उद्योग बाणिज्य संघले खाध्यान संकट परेपछि गौरिशंकर बालगृहका अनाथ बालबालिकालाई खाध्यान सहयोग गरेको छ ।
कोराना भाइरसको संक्रमण बाट बच्न होम क्वाराइनटाइन रहेका दोलखाको गौरिशंकर बालगृहका अनाथ बालबालिकालाई खाध्यान संकट परेपछि दोलखा उद्योग बाणिज्य संघले खाध्यान सहयोग गरेको हो ।
२७ जना बालबालिका र ३ जना स्टापलाई दोलखा उद्योग बाणिज्य संघले करिब महिनाको लागी पुग्ने गरि चामल, दाल ,चिउरा,तेल , नुन सहयोग गरेका गौरिशंकर बालगृह का केन्द्र प्रमुख यमबहादुर थापाले जानकारी दिनु भयो ।
गौरिशंकर बालगृहमा आज दोलखा उद्योग बाणिज्य संघको सबै पदाधिकारीहरुको उपस्थिती रहेको गौरिशंकर बालगृहका अध्यक्ष राकेश श्रेष्ठले बताउनुभयो ।
Leave a Reply