पब्लिक संवाददाता
आइतवार, बैशाख १४, २०७७
0
दोलखा १४ बैशाख । आरडीटी परीक्षणमा तीन पटक एन्टीबडी पोजिटिभ देखिएकी युवतीको पीसीआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ । २३ वर्षीया युवतीको आइतबार बिहान वीरगन्जमा मृत्यु भएको थियो । पटकपटकको आरडीटीमा पोजिटिभ देखिएपछि उनको कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको थियो । तराई रिसर्च अस्पताल र नारायणी अस्पतालमा उनको आरडीटी परीक्षण गरिएको थियो। नारायणी अस्पतालका चिकित्सक निरज सिंहका अनुसार हेटौंडामा गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो
Leave a Reply