पब्लिक संवाददाता
आइतवार, बैशाख १४, २०७७
0
दोलखा १४ बैशाख । सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण कम गर्न जारी गरिएको लकडाउनको आदेशलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो ।नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।
Leave a Reply