अध्यादेशको विरोधमा नेविसंघद्वारा देशभर प्रदर्शन

 पब्लिक संवाददाता      शुक्रबार, बैशाख १२, २०७७      0

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ (नेविसंघ) ले सरकारले ल्याएका अध्यादेशको बिरोधमा देशभर प्रदर्शन गरेको छ ।  नेबिसंघले शुक्रवार बिहान ९ बजेबाट १० मिनेट देशभर बिधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।

अध्यक्ष राजीब ढुंगानाले सोमबार सरकारले ल्याएका दुबै अध्यादेश फिर्ताको माग गर्दै देशैभर प्रदर्शन गरिएको जानकारी दिए । उनका अनुसार ५-५ जनाले सामाजिक दूरी कायम गरेर कालो झण्डासहित नेबिसंघले प्रदर्शन गरेको हो । “हामीले सामाजिक दूरी कायम गरेर एक ठाउँमा मात्र पाँच जना एक-एक मिटरको दूरीमा उभिएर प्रदर्शन गरेका हौँ,” अध्यक्ष ढुगांनाले भने, “उपत्यकामा ठाउँ ठाउँमा यसरी प्रदर्शन गरेर बिधेयक फिर्ताको माग गरेका छाैं । अन्य जिल्लाको हकमा प्रमुख सहरको एक ठाउँमा उभिएर प्रदर्शन भएको छ ।”

यसअघि बिहीबार बिहान नेबिसंघका पूर्व अध्यक्ष रन्जित कर्णको नेतृत्वमा विध्यार्थीहरुले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *