अलपत्र परेका हजारौ दोलखालीको उद्धार गरे नेता काप्mलेले

 पब्लिक संवाददाता      बुधबार, बैशाख १०, २०७७      0

दोलखा १० बैशाख । दोलखा कांगे्रस बिशेष पहलमा काठमाडौं सहित विभिन्न शहरमा अलपत्र परेका नागरिक गाउँ फर्कीन सफल भएकाछन ।
नेपाली कांगे्रस दोलखाले सार्वजनिक सूचना जारी स्थानिय प्रशासन संग समन्वय गरि अलपत्र परेका नागरिकलाइ जिल्ला उतार्न सफल भएको हो । .
जिल्ला कमाण्ड पोष्टका पदाधिकारीकोसहमतीमा दोलखा कांगे्रसको नेता कुन्दन राज काप्mलेले अलपत्रमा परेका दोलखाली नागरिकको उदार गरेका हुन ।
“लकडाउनका कारण हाम्रा दोलखाली नागरिक शहरमा समस्यामा परेकोले उहाँहरुलाई घर सम्म पुराउन समन्वयकारी भुमिका निवार्ह गरेको बताउदै कांगे्रस नेता काप्mले भने “तर गाउँमा गएर क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्न सल्लाह समेत दिएको छु ।” सङ्कटमा परेकालाई उद्धार गर्ने र सुरक्षितरुपमा गाउँमा पुग्ने बताबरण मिलाई दिए पछि स्थानिय तहका जनप्रतिनिधिहरुले सेल्फ क्वारेन्टाइनमा बसाउने बा अन्य उपाय के हुन्छ त्यो गर्न नेता काप्mलेले भने ।
एक दिनमा १सय ६० वटा बसले यात्रु लिएर आएको दोलखा सदरमुकाम चरिकोटको सातदोबाटे चौकाका इन्चार्ज प्रहरी सहायक निरिक्षक महेश आचार्यले जानकारी दिए । उनले भने दुई बेलुकामा करिब २ सय ५० बस काठमाण्डौ बाट दोलखा आएकाछन ।
यता नेपाली कांग्रस दोलखाका पार्टी सचिव सन्तोष रिमाल भन्छन बाटोमा अलपत्र परेकालाई ल्याएर सरकारी क्वारेन्टाइनमा राख्ने र सङ्क्रमण नभएको पुष्टि पछि गाउँ फर्काउनु पर्छ । दोलखा कांग्रेसले अझै पनि “को–कहाँ कुन अवस्थामा छ र कसलाई के समस्या छ भन्नेबारे बुझ्ने काम गरि रहेको छ,” नेता रिमालले बताए ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले नवप्रवेशीलाई अनिवार्य क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई आग्रह गरेको छन । बाहिरबाट आउने नागरिकमा सङ्क्रमणको जोखिम हुने भएकाले अनिवार्य क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गराउन प्रजिअले निर्देशन समेत दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *