कोरोनाको भ्याक्सिन ल्याउने वेलायती वैज्ञानिकको तयारी

 पब्लिक संवाददाता      बुधबार, बैशाख १०, २०७७      0

 

दोलखा १० बैशाख । बेलायतले कोरोना भाइरसको भ्याक्सिन बनाउन तीव्रता दिएको छ ।

हाल गरिएका परीक्षणले पूर्णता पाए १० लाख डोजसम्म कोरोनाको भ्याक्सिन तयार गर्ने वेलायती वैज्ञानिकहरुले बताएका छन् ।

बेलायतको अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिनोलोजी डिपार्टमेन्टका प्रोफेसर सारा गिलबर्टकाअनुसार आउदो सेप्टेम्बरभित्र कोरोना भाइरसको भ्याक्सिन बनाइसक्ने गरी कामहरु भइरहेका छन् ।

गिलबर्टका अनुसार  ChAdOx1 प्रविधिका साथ भ्याक्सीनका १२ परीक्षण गरिसकिएको र क्लीनिकल ट्रायल पनि सुरु भइसकेको छ ।

उक्त परीक्षणले उत्कृष्ट परिणाम दिइरहेकाले आउदो सेप्टेम्बरभित्र १० लाख डोज भ्याक्सिन ल्याउने उनले दावी गरेकी छन् । अक्सफोर्डको टीमले विश्वका विभिन्न ७ उत्पादककासाथ भ्याक्सिनको उत्पादन थालेको जानकारी दिएको छ ।

बेलायतमा बुधबार बिहानसम्म कोरोना भाइरसले १७ हजार ३३७ जनाको मृत्यु भएको छ भने १ लाख २९ हजार ४४ जना संक्रमित भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *