राजधानीमा अलपत्र परेका दोलखालीलाई सम्पर्कमा आउन नेपाली काँग्रेस दोलखाको आग्रह

 पब्लिक संवाददाता      आइतवार, बैशाख ७, २०७७      0

दोलखा जिल्लाबासीहरु राजधानी लगायत विभिन्न स्थानमा कुनै समस्यामा परेको भए संघीय माननीय सांसद जीपछिरिङ लामा र दोलखा काँग्रेस पार्टी सभापति रुद्रबहादुर खड्कालाई सम्पर्क गर्न नेपाली काग्रेस दोलखाले आग्रह गरेको छ  ।  यस्तै घरपरिवारसम्म पुग्नको लागि पैदल यात्रा गरिरहेका नागरिकहरुलाई विना झण्झट गन्तव्यसम्म पु¥याई सहयोग गर्न पनि काँग्रेस दोलखाले सरकारको ध्यानाकर्षण गराएको छ ।दोलखाका ९ स्थानीय तहहरुका जनप्रतिनिधिहरुको जिम्मेवार भूमिका नदेखिएकोले यथासक्य चाँडो जिम्मेवार बनि जिल्लाका नागरिकहरुको आवश्यकताअनुसारको व्यवस्थापन गर्न काँग्रेस दोलखाले अपिल गरेको छ । लकडाउन लम्बिँदै जाँदा खाद्यन्न, औषधि लगायतका अत्यावश्यक सामग्रीको कालोबजारी हुने सम्भावना भएकोले त्यसतर्फ जिल्ला विपद् व्यवस्थापन समिति लाई समेत ध्यानाकर्षण गराएको छ ।जिल्लाका ७४ ओटै वडाहरुमा कोरोना भाईरसको महामारी नियन्त्रण गर्न पूर्व तयारी र रोकथामका निम्ति गरिने हरेक कार्यक्रम सचेतना लगायत पार्टी संयन्त्र, भातृ, भगिनि र शुभेच्छुक संघ संस्थाहरुलाई जुट्नको लागि निर्देशन समेत जारी गरेको छ । काँग्रेस दोलखाका सचिव सन्तोष रिमालद्वारा आइतबार जारी अपिलमा कोरोना भाईरसको सम्भावित संक्रमण हुन नदिन कठिन परिस्थितिको सामना गर्दै सरकारले आह्वान गरेको लकडाउनको पूर्ण पालना गरेकोमा आम दोलखालीमा आभार व्यक्त गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *