खोलामा बगेर २ बालबालिका र १ पुरुष बेपत्ता

 पब्लिक संवाददाता      आइतवार, बैशाख ७, २०७७      0

तेह्रथुम तथा कञ्चनपुर जिल्लामा गरी खोलामा बगेर २ जना बालबालिका र १ जना पुरुष बेपत्ता भएका छन् ।

तेह्रथुमको छथर गाउँपालिका–२ बस्ने रेवन्त विकका १० वर्षीया छोरा सरोज विक र १० वर्षकै भान्जी एलिना विक खोलामा बगेर बेपत्ता भएका छन् ।

धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका–५ स्थित तेलिया खोलाको कानगुदि दोभानमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सरोज र एलिना बेपत्ता भएका हुन् ।

घरदेखि करिब ९ किलोमिटर पर रहेको खोलामा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका उनीहरुको प्रहरी चौकी शुक्रबारेबाट गएको टोली र स्थानीयले खोजी गरिरहेका छन् ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सिसैया घर भइ महाकाली नगरपालिका–१ बस्दै आएका ५५ वर्षीय काले दमाइ पनि स्थानीय नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा उनको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *