पब्लिक संवाददाता
शनिबार, बैशाख ६, २०७७
0
नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनको कोशी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले बताए ।
ती पुरुषको कोशी प्रादेशिक अस्पतालमा पीसीआर बिधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।
यससँगै कोरोना भाइरस पुष्टि भएकाको सख्या ३१ पुगेको छ । जसमध्ये ३ जना डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।
Leave a Reply