स्थानीय ‘म्यान क्याचर’ प्रयोग गर्दै चरिकोट प्रहरी

 पब्लिक संवाददाता      शनिबार, बैशाख ६, २०७७      0

दोलखा ६ बैशाख । व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई)को रुपमा स्थानीय स्काफोल्डरले उत्पादन गरेको ‘म्यान क्याचर’ दोलखा प्रहरीले प्रयोगमा ल्याएको छ ।
लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिँदा कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमबाट सुरक्षित रहन स्थानीयस्तरमा उत्पादन गरिएको ‘म्यान क्याचर’लाई चरिकोटमा प्रहरीले प्रयोगमा ल्याएको हो ।
प्रहरी चौकी सातदोबाटका इन्चार्ज प्रहरी सहायक निरिक्षक महेश आचार्यले आयात गर्ने सम्भावना नभएको र समय तथा खर्च धेरै लाग्ने भएको कारण स्थानीय स्काफोल्डरलाई बनाउन लगाएर प्रयोगमा ल्याईएको बताए । चरिकोटमा ‘म्यान क्याचर’ प्रयोगमा ल्याईसकेको आचार्यले बताए । ४ ओटा ‘म्यान क्याचर’ मध्ये जिल्ला भित्रिने खरिढुङ्गा नाका र किर्नेटार नाकामा एक–एक ओटा र दुईओटा चरिकोटमा राखिने उनले जनाए ।
भारत लगायत तेस्रो मुलुकबाट जिल्ला भित्रिएकाहरुबाट लकडाउन उल्लंघन गर्ने जोखिम बढे पछि नियन्त्रणमा लिन दोलखा प्रहरीले स्थानीय स्काफोल्डरलाई ४ ओटा ‘म्यान क्याचर’ बनाउन लगाएको थियो ।
प्रहरीले सुरुमा लागत इष्टिमेट गरेर भीमेश्वर नगरपालिका–६, स्थित पर्शुराम ग्रील उद्योग ४ ओटा ‘म्यान क्याचर’ बनाउन लगाएको थियो । पछि ग्रील उद्योगले निशुल्क रुपमा ‘म्यान क्याचर’ उपलब्ध गराएको आचार्यले जनाए ।

ब्ध गराएको आचार्यले जनाए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *